
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले छ्योखोर दुचेन पूजा आयोजना गर्ने भएको छ ।
बुद्धका चार मुख्य तिथीमध्येको एक छ्योखोर दुचेन अर्थात् ठुक्पा छेश्यी तिथि आउँदो १ अगष्ट सोमबारका दिन पर्न गएकोले उक्त दिन सो ढुछेन पूजाको आयोजना गर्न लागिएको हो ।
उक्त दिन भगवान बुद्धले चार आर्य सत्यको बारे धर्मचक्र प्रवर्तन गरेकोे महान तिथि भएकोले पनि बौद्ध धर्मवालम्वीहरुले विशेष पूजापाठ गर्दै आएका छन् । सोही अनुसार अल्डरसटस्थित बीसीसी युके गुम्बाले पनि विगत केही वर्षदेखि उक्त पूजाको आयोजना गर्दै आएको भएता पनि कोभिड–१९ पश्चात पहिलोपटक आयोजना गरिएको हो ।
बेलायतस्थित बौद्ध धर्ममा आस्थावान नेपाली संघसंस्थाहरुको समेत सहभागिता र सहयोगमा अगष्ट १ बिहान १० बजेदेखि अल्डरसटस्थित बीसीसी गुम्बामा उक्त पूजा शुरु हुने छ । उक्त पूजामा काठमाडौं, बौद्धस्थित सेचन गुम्बाका वरिष्ठ खेन् रिन्पोछे घ्युर्मी छुल्टिम गुरुको विशेष सहभागिता रहने छ । त्यस्तै, बीसीसी गुम्बाका खेन्पो केल्जेङ्ग, लोपेन नोर्बुलगायत धर्म गुरुहरुको सहभागिता रहने बीसीसी युकेका उपाध्यक्ष एवं उक्त कार्यक्रमका संयोजक आङ्गदावा शेर्पाले जानकारी गराए । उनका अनुसार उक्त तिथिमा छोक पूजा, मर्मे पाठ, मलम पाठ, छ्योखोर नाच, दीप प्रज्ज्वलन, प्रवचन लगायतका धार्मिक कार्यक्रमहरु दिनभर हुने छ ।
साथै, उपाध्यक्ष शेर्पाले उक्त पुण्य तिथीको अवसरमा भोजन दान, चियापानी, खाजा, बत्ती, गुरु दक्षिणालगायतको दान गर्न सकिने बताउँदै ईच्छुक दानवीरहरुले बीसीसी युके अल्डरसट गुम्बा वा सिधै आफूलाई सम्पर्क अनुरोध गरेका छन् ।
बेलायतमा आफ्नो भाषा, कला, संस्कार र संस्कृति संरक्षण तथा सम्वद्र्धन गर्ने, च्यारिटीमूलक कार्यहरु गर्ने, बौद्ध शिक्षा प्रवद्र्धन गर्नेलगायतका उद्देश्यका साथ स्थापना भएको बीसीसी युकेले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । सोही अनुरुप यसपटक १ अगष्टका दिन आयोजना गर्न लागिएको छ्योखोर दुचेन पूजामा उपस्थितिका लागि कार्यक्रम संयोजक शेर्पाले बेलायतमा बसोबास गर्ने सम्पूर्ण बौद्ध धर्मवालम्वीहरुमा हार्दिक अनुरोध गरेका छन् ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई