लन्डन । गत शनिवार गएको ७ दशमलव ८ रेक्टर स्केलको विध्वंशकारी महाभूकम्पका कारण ८० लाख मानिस प्रभावित भएका संयुक्त राष्ट्रसंघले जनाएको छ । उसको प्रारम्भिक प्रतिवेदनमा करिब १४ लाख मानिसलाई अहिले खानेकुराको अभाव छ ।
संयुक्त राष्ट्रसंघ कार्यालयले प्रारम्भिक अनुमानमा भनेको छ, ३९ जिल्ला बढि प्रभावित छन् भने २० लाख मानिस ११ वटा अति प्रभावित जिल्लाका छन् ।
नेपाली अधिकारीहरुको भनाइ उधृत गर्दै संयुक्त राष्ट्रसंघका प्रवक्ता फरहान ह्याकले ३९ जिल्ला बढि प्रभावित भएको जनाए । उनले संयुक्त राष्टसंघले १५ मिलियन डलर बराबरको आर्थिक सहयोग दिने घोषणा गरेको जनाउंदै उक्त रकम अन्तर्राष्ट्रिय मानवीय सहायता समूहमार्फत बास, पानी, औषधि र अन्य राहतका लागि खर्च गरिने उल्लेख गरे ।
भूकम्पका कारण मृत्यु हुनेको संख्या ४ हजार तीनसय १० पुगेको छ भने करिब ८ हजार घाइते छन् । प्रधानमन्त्री सुशिल कोइरालाले रोयटर्ससंग मृत्यु हुनेको संख्या दश हजार पुग्ने अनुमान गरेका छन् ।
भूकम्पको केन्द्रविन्दु नजिक गोर्खा जिल्ला पुग्ने पहिलो अमेरिकी चिकित्सक रेबेका म्याकटिरले एसोसिएटेड प्रेससंग जिल्लाका करिब ९० प्रतिशत घर ध्वस्त भएका बताएकी छिन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो