
लण्डन । इङल्याण्ड र वेल्सको जनसंख्या दश वर्षको अन्तरालमा ६.३ प्रतिशतले बढेको पाइएको छ ।
बेलायतको न्याशनल अफिस अफ स्ट्याटिटिक्स (ओएनएस)ले आज सार्वजनिक गरेको जनगणना २०२१ को पहिलो तथ्याङ्क अनुसार इङ्ल्याण्ड र वेल्सको कुल जनसंख्या ५ करोड ९५ लाख ९७ हजार ३०० पुगेको छ ।
जनगणनाअनुसार करिब ५१ प्रतिशत जनसंख्या महिलाको रहेको छ भने ४९ प्रतिशत जनसंख्या पुरुषको रहेको छ ।
जनगणनाले ज्येष्ठ नागरिकहरुको संख्या बढेको देखाएको छ । जसअनुसार करिब १ करोड ११ लाख मानिसहरु ६५ वर्षभन्दा माथि उमेर समूहका रहेका छन् । जबकि त्यो संख्या सन् २०११ को जनगणनामा ९२ लाख मात्र थियो ।
उता १५ वर्षमुनीका मानिसहरुको संख्या भने विगतको भन्दा घटेको पाइएको छ । सन् २०११ को जनगणनामा सो उमेर समूहका मानिसहरुको संख्या १७.६ प्रतिशत रहेकोमा सन् २०२१ मा १७.४ प्रतिशतमा झरेको छ ।
मध्य लण्डनका वेष्टमिन्स्टर, चेल्सी एण्ड केनजिङ्टन, क्याम्डेन टाउनमा जनसंख्या विगतको तुलनामा घटेको छ भने टावर ह्याम्लेट, डार्टफोर्डमा बढेको छ ।
ओएनएसले आगामी दुई वर्षमा जातिय, धार्मिक, शैक्षिक, लैङ्गिक लगायतका तथ्याङ्क सार्वजनिक गर्दै जाने बताएको छ ।
बेलायतमा सन् १८०१ देखि जनगणना हुँदै आएको छ । बेलायतभित्र पनि इङल्याण्ड र वेल्समा एउटा कार्यालयले, उत्तरी आयरल्याण्डमा फरक कार्यालय र स्कटल्याण्डमा छुट्टै कार्यालयले जनगणना गर्ने गरेको छ । उत्तरी आयरल्याण्डको जनगणनाको तथ्याङ्क मे महिनामा बाहिर आइसकेको छ भने कोभिडका कारण स्कटल्याण्डमा भने यस वर्षमात्र जनगणना भएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा