
लण्डन । इङल्याण्ड र वेल्सको जनसंख्या दश वर्षको अन्तरालमा ६.३ प्रतिशतले बढेको पाइएको छ ।
बेलायतको न्याशनल अफिस अफ स्ट्याटिटिक्स (ओएनएस)ले आज सार्वजनिक गरेको जनगणना २०२१ को पहिलो तथ्याङ्क अनुसार इङ्ल्याण्ड र वेल्सको कुल जनसंख्या ५ करोड ९५ लाख ९७ हजार ३०० पुगेको छ ।
जनगणनाअनुसार करिब ५१ प्रतिशत जनसंख्या महिलाको रहेको छ भने ४९ प्रतिशत जनसंख्या पुरुषको रहेको छ ।
जनगणनाले ज्येष्ठ नागरिकहरुको संख्या बढेको देखाएको छ । जसअनुसार करिब १ करोड ११ लाख मानिसहरु ६५ वर्षभन्दा माथि उमेर समूहका रहेका छन् । जबकि त्यो संख्या सन् २०११ को जनगणनामा ९२ लाख मात्र थियो ।
उता १५ वर्षमुनीका मानिसहरुको संख्या भने विगतको भन्दा घटेको पाइएको छ । सन् २०११ को जनगणनामा सो उमेर समूहका मानिसहरुको संख्या १७.६ प्रतिशत रहेकोमा सन् २०२१ मा १७.४ प्रतिशतमा झरेको छ ।
मध्य लण्डनका वेष्टमिन्स्टर, चेल्सी एण्ड केनजिङ्टन, क्याम्डेन टाउनमा जनसंख्या विगतको तुलनामा घटेको छ भने टावर ह्याम्लेट, डार्टफोर्डमा बढेको छ ।
ओएनएसले आगामी दुई वर्षमा जातिय, धार्मिक, शैक्षिक, लैङ्गिक लगायतका तथ्याङ्क सार्वजनिक गर्दै जाने बताएको छ ।
बेलायतमा सन् १८०१ देखि जनगणना हुँदै आएको छ । बेलायतभित्र पनि इङल्याण्ड र वेल्समा एउटा कार्यालयले, उत्तरी आयरल्याण्डमा फरक कार्यालय र स्कटल्याण्डमा छुट्टै कार्यालयले जनगणना गर्ने गरेको छ । उत्तरी आयरल्याण्डको जनगणनाको तथ्याङ्क मे महिनामा बाहिर आइसकेको छ भने कोभिडका कारण स्कटल्याण्डमा भने यस वर्षमात्र जनगणना भएको थियो ।
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने