
लण्डन । बेलायतको स्कटल्याण्डलाइ अलग राष्ट्रको मान्यता दिनु हुन्छ कि हुँदैन भन्ने बारेमा स्कटल्याण्डमा पुन जनमत संग्रहको प्रस्ताव गरिएको छ ।
स्कटल्याण्डकी प्रथम मन्त्री निकोला स्टरजनले अर्को वर्षको अक्टोबर १९ मा त्यस्तो जनमत संग्रहका लागि आज प्रस्ताव गरेकी छिन् ।
सो प्रस्ताव बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई पनि पठाइसकिएको बताइएको छ ।
बेलायत सरकारको सहमति बिना स्कटल्याण्ड एक्लैले त्यस्तो जनमत संग्रह गर्न पाउँछ कि पाउँदैन भन्ने बारेमा परामर्श गर्न बेलायतको सर्वोच्च अदालतमा पनि निवेदन गरिएको प्रथम मन्त्री स्टरजनले जानकारी दिएकी छिन् ।
उता बेलायती प्रधानमन्त्री बोरिस जोनसनले भने अहिले अर्को जनमत संग्रह गर्ने बेला नभएको बरु दह्रो आर्थिक अवस्था बनाउने समय भएको बताएका छन् ।
पछिल्लोपटक यही विषयमा सन् २०१४ जनमत संग्रह भएको थियो जसमा स्कटल्याण्डलाई स्वतन्त्र मुलुक बनाउनु पर्नेमा ४५ प्रतिशत र विपक्षमा ५५ प्रतिशत मत परेको थियो ।
स्कटल्याण्डमा स्कटिश न्याशनालिष्ट पार्टीले स्कटल्याण्डलाई अलग मुलुकको माग राख्दै आएको छ र लामो समयदेखि सो पार्टीले स्थानीय शासन पनि गर्दै आएको छ ।
स्टरजनको सो प्रस्तावको स्कटल्याण्डमा रहेका अरु पार्टीहरुले भने विरोध गरेका छन् ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]