
लण्डन । ‘संस्थाको शुद्धिकरण, समुदायको एकीकरण’ नारा दिएर नेतृत्वमा आएको गैरआवासीय नेपाली संघ युकेको वर्तमान कार्यसमितिभित्र आपसी विवाद बाहिरिन थालेको छ ।
आक्कलझुक्कल सामाजिक सञ्जालमा देखिए पनि आइतबार प्रवक्ता भरतमणि चोङवाङको नामबाट महासचिव खुशी लिम्बुको जिम्मेवारी खोस्ने निर्णय सार्वजनिक भएसँगै कार्यसमितिभित्रको विवाद छताछुल्ल हुन शुरु गरेको हो । आइतबार राति नै महासचिव खुशी लिम्बु र कोषाध्यक्ष विष्णु खरेलले एनआरएनए युकेको नाममा अर्को विज्ञप्ति जारी गरी महासचिव लिम्बुलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय झूटो भएको दाबी गरेका छन् ।
सोमबार फेरि अध्यक्ष प्रेम गाहाको नामबाट पत्रकार तथा समुदायका विभिन्न व्यक्तिहरुलाई सम्बोधन गरी अर्को प्रेस विज्ञप्ति जारी गरिएको छ । जसमा उपाध्यक्ष रामचन्द्र पोखरेललाई एनआरएनए युके विभाजन गर्न खोजेको, कार्यसमितिमा गुटबन्दी गर्न खोजेको आरोप लगाइएको छ ।
पोखरेलले एनआरएनए युकेभित्रको आपसी मतभेदलाई लिएर २६ जुनमा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) का महासचिव गौरीराज जोशीलाई इमेल गरेका थिए । पोखरेल आफूले सो इमेल पठाएको स्वीकार गर्छन् । उनले भने, “एनआरएनए युकेभित्र के हुँदैछ, परिस्थिति बिग्रँदै गएमा के गर्नुपर्ने हुनसक्छ भनेर आइसिसीलाई पूर्व जानकारी गराएको हुँ ।”
उनले शनिबार बसेको एनआरएनए युकेको बैठकमा पनि तीनवटा प्रस्ताव राखेको बताएका छन् । जसमा कार्यसमितिभित्र बिग्रँदै गएको वातावरण सुधार्नुपर्ने, आइसिसीसितको सदस्यता शुल्क लगायतको विषय टुंग्याउनु पर्ने र यी दुई विषय नटुंगिएसम्म आर्थिक कारोबार रोक्नुपर्ने छन् ।
उता अध्यक्ष गाहाले भने प्रेस विज्ञप्तिमा पोखरेलमाथि एनआरएनए युकेलाई फुटाउन प्रयोग गरिएको आरोप लगाएका छन् । पोखरेलको अध्यक्षतामा बेलायतमा एनआरएनएको नयाँ कार्यसमिति बनाउन खोजिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
गाहाले आफूलाई कार्यसमितिका महासचिव र कोषाध्यक्षले असहयोग गरेको पनि आरोप लगाएका छन् ।
यसबारेमा कोषाध्यक्ष विष्णु खरेलसित सम्पर्क हुन सकेन ।
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]