काठमाडौं। शनिबार गएको महाभूकम्पको तेस्रो दिन बिहानसम्म मृत्यु हुनेको संख्या ४ हजार ३ सय ४७ पुगेको छ। गृहमन्त्रालयले ८ हजार १ सय ५४ जना घाइते भएको जनाएको छ। बढी क्षति पुगेका गोरखा, धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे र ललितपुरलगायत क्षेत्रमा राहत तथा उद्धारका लागि सबै संयन्त्र परिचालन गरेको सरकारले जनाएको छ। अहिलेसम्म सबैभन्दा ठूलो मानवीय क्षति सिन्धुपाल्चोकमा देखिएको छ। सो जिल्लामा १ सय १ सय ७६ जनाको निधन भएको छ।
स्थानीय प्रशासनले केन्द्रसँग माग गरेअनुसार राहत सामग्री प्राप्त गर्न नसकेको बताएका छन्। भूकम्प प्रभावित क्षेत्रमा केही स्थानमा वर्षा भएको कारण भूकम्प पीडितहरुका झनै प्रभावित बनेको छ। गोर्खा, धादिङ, रसुवा, सिन्धुपाल्चोक जिल्लाका दुर्गम क्षेत्रमा हालसम्म सम्पर्क स्थापित हुन सकेको छैन। दोलखामा यार्सागुम्बा संकलन गर्न गएकाहरु सम्पर्क बाहिर छन्।
उपत्यका : मृतक: १४४०, घाइते: ४९०३
काठमाण्डौ – १०३९
ललितपुर – १५८
भक्तपुर -२४३
पूर्व क्षेत्र : मृतक ५२, घाइते: २१२
भोजपुर -२
सुनसरी- ७
सोलुखुम्बु – २२
ओखलढुङगा – १७
ताप्लेजुङ – १
मोरङ-२
सप्तरी -१
मध्य क्षेत्र : मृतक २५८९, घाइते: २६९८
दोलखा -५०
रामेछाप – २४
सिन्धुली – ९
धनुषा- १
सर्लाही -१
नुवाकोट - ४७८
धादिङ – ३०३
काभ्रे -२४८
सिन्धुपाल्चोक – ११७६
रसुवा – २५०
मकवानपुर -३३
चितवन -६
बारा – ५
पर्सा – ४
रौतहट – १
पश्चिम क्षेत्र: मृतक -२६४, घाइते: ३२१
गोरखा -२५६
कास्की -२
नवलपरासी – १
तनहुँ -१
लमजुङ – ४
मध्यपश्चिम क्षेत्र : मृतक-२, घाइते-२०
रोल्पा -१
रुकुम – १
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा