
लण्डन । ग्रेटर रस्मूर नेपाली कम्युनिटी (जीआरएनसी) ले शनिबार ९ जुलाईका दिन साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
बेलुकी ६ बजे देखि १० बजेसम्म इम्पायर हल अल्डरसटमा सो सांगीतिक साँझको आयोजना गरिएको छ।
उक्त साँझमा जीआरएनसीको निमन्त्रणामा नेपालबाट आउनु भएका कलाकारहरु हाँस्य कलाकार निरबहादुर आले, नृत्यांगना रीना थापा मगर, दोहारी गायिका शान्ति रानी परियार र दोहारी गायक बिलन (रनबहादुर) थापा ले प्रस्तुति दिनेछन् ।
उक्त कार्यक्रमबाट उठेको रकम मानवीय सहयोगमा खर्च गरिने बताइएको छ ।
कार्यक्रमको प्रवेश शुल्क £१० राखिएको छ ।
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने