
लण्डन । बेलायतबासी अभिनेत्री मिरुना मगर अभिनित चलचित्र मनसाराको बेलायतमा प्रिमियर हुने भएको छ ।
मे ११ शनिवारको दिन गोर्खा वरियर्सको आयोजनामा बेलायतको फार्नब्रोस्थित भ्यू सिनेमामा बिहान १० बजे सो प्रिमयर हुने भएको हो ।
कबड्डी फिल्मको ब्यानरमा निर्मित यस चलचित्रको प्रोड्यूसरमा गोर्खा वारियर्स र शैलेन्द्र डी। कार्की रहेका छन् भने कथा र निर्देशन उपेन्द्र “झाँक्री” सुब्बाले गरेका छन् ।
ताप्लेजुङ् यूवा समाजको साथमा गोर्खा वरियर्सले प्रिमियर सो पछि १२ तारिख लिम्बु जातिको बाक्लो बस्ती भएको ठाउँमा दुई सो गर्दै बेलायतको विभिन्न ठाउँहरुमा उक्त चलचित्र प्रदर्शन गर्ने वरियर्सका संयोजक पिटर गुरुङ्ले जानकारी दिए।
वरियर्सले विगतमा लूट चलचित्र निश्चल बस्नेत, दयाहाङ् राई, प्रियन्का कार्की लगायतका कलाकारहरुलाई उपस्थित गराएर सो गरिसकेको र अन्य धेरै ठूला ठूला लाईभ कन्सर्ट र आफ्टर पार्टीहरु गरिसकेको छ ।
गत साल चलचित्र जारीको अपार सफलतापछि वरियर्सले नेपाली सिनेमामा गरेको यो दोस्रो लगानी हो ।
अभिनेत्री मिरुना मगरद्वारा अभिनित पहिलो चलचित्र जारी भएपनि विभिन्न कारणले हलमा आउन ढिलो भएको थियो । सिने जगतमा पहिलेदेखि नै कथा लेख्दै आएपनि पहिलो निर्देशित चलचित्र जारी दर्शकले अत्यधिक रुचाएर ब्लकबस्टरभएपछि यस चलचित्रलाई जारीमा भएका कमी कम्जोरीलाई आत्मासात गरेर अझै राम्रो कथावस्तु रचेर तयार पारेको र दर्शकलाई निराश नपार्ने विश्वास लिएको कुरा निर्देशक उपेन्द्र सुब्बा ”झाँक्री बा” ले ब्यक्त गरे ।
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा