
लण्डन । मगर संघ युकले हरेक वर्ष गर्दै आएको नेपलिज ओपन कन्सर्ट यस वर्ष जुन १५ मा मेडिस्टोन केन्टमा हुने भएको छ । यस वर्षको कन्सर्टको प्रमुख आकर्षणमा मंगोलियन हार्टका गायक राजु लामा रहने छन् ।
कन्सर्टका बारेमा जानकारी दिन आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा सो कन्सर्टको अनलाइन टिकट बिक्री खुला भएको जानकारी दिइयो ।
अध्यक्ष सीता पुनका अनुसार मगरयुके डट ओआरजीबाट सो टिकट खरिद गर्न सकिनेछ । पहिला खरिद गर्ने १ हजार जनालाई १० प्रतिशत छुटमा सो टिकट मिल्नेछ । टिकटको मूल्य ३० पाउण्ड रहेकोमा अनलाइन खरिद गर्दा २७ पाउण्ड मात्र पर्नेछ । सो टिकट मे १५ तारिखसम्म खरिद गर्न सकिनेछ । कन्सर्टकै दिन टिकट किनेमा ४० पाउण्ड पर्नेछ ।
सन् २००७ देखि मगर संघ युकेले फार्नब्रो, अल्डरसटमा आयोजना गर्दै आएको सो ओपन कन्सर्ट यसवर्ष केन्टस्थित केन्ट इभेन्ट सेन्टरमा लगिएको छ । कन्सर्टको मिति सारिँदा पहिले गर्दै आएको स्थान उपलब्ध नभएकाले केन्टमा सो कन्सर्ट लानु परेको बताइएको छ ।
कन्सर्टमा राजु लामालाई बेलायतको स्थानीय सिक्का ब्याण्डले साथ दिनेछन् भने अरु कलाकारहरु तय हुन बाँकी रहेको जानकारी दिइएको छ ।
कन्सर्टमा संगीतबा अलाबा बालबालिकाका लागि खेल र व्यापारिक स्टलहरु समेत रहने छन् ।
कन्सर्टमा करिब ४ हजार मानिस उपस्थित हुने आयोजकहरुको अपेक्षा रहेको छ ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा