
लण्डन । लोकप्रिय गायक राजेश पायल राईको बेलायतमा एकल साँगीतिक कार्यक्रम हुने भएको छ ।
किरात राई यायोख्या बेलायतको आयोजनामा जुलाई २४ तारिखका दिन सो कार्यक्रम हुन लागेको आयोजकहरुले आज जानकारी दिएका छन् ।
कार्यक्रम संयोजक यायोख्याका उपाध्यक्ष क्याप्टेन रिटायर्ड सुमनचन्द्र राईका अनुसार सो कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा आयोजना हुनेछ । राजेश पायल राईले लाइभ ब्याण्डका साथमा सो कार्यक्रममा करिब २५ वटा गीत गाउने आयोजकले बताएका छन् ।
करिब साढे दुई घण्टा चल्ने सो कार्यक्रममा गायक राजेश पायल राईलाई सम्मान समेत गरिने छ ।
कार्यक्रममा करिब १ हजार जनाको उपस्थिति रहने आयोजकको अपेक्षा छ ।
कार्यक्रमबाट बचेको रकम कला र कलाकारको सम्मान, किरात राई समुदायको भलाइ, परोपकार र कल्याणको कार्यमा खर्च गरिने बताइएको छ ।
नेपाली सुगम संगीतमा लामो समयदेखि एउटा विशिष्ट स्थान बनाएका गायक राजेश पायल राईको सो सांगीतिक कार्यक्रम राई समुदाय मात्र नभई समग्र नेपालीहरुका लागि र सबै उमेर समूहका लागि सुहाउँदो हुने बताइएको छ ।
पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक राईले कार्यक्रमलाई सफल बनाउन हुन सबैलाई हार्दिक अपील गरेका थिए ।

बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]