
काठमाडौँ । नेपालमा सम्पन्न स्थानीय निर्वाचनको हालसम्मको परिणामअनुसार नेपाली काँग्रेस फराकिलो अन्तरसहित अगाडी देखिएको छ ।
यो समाचार तयार पार्दासम्म परिणाम घोषणा भएका ३६० पालिकाहरुमध्ये काँग्रेसले १५९ पालिकामा प्रमुख र १५७ पालिकामा उपप्रमुख जितेको छ भने विगतको स्थानिय निर्वाचनमा सबैभन्दा ठूलो दल भएको नेकपा एमालेले १०५ पालिकामा प्रमुख र १०५ पालिकामा उपप्रमुख पद जितेको छ ।
यसैगरी, नेकपा माओवादी केन्द्रले ७८ वटा पालिकामा प्रमुख र ७८ वटै पालिकामा उपप्रमुख जितेको छ । नेकपा एकीकृत समाजवादीले ५ पालिकामा प्रमुख, ११ पालिकामा उपप्रमुख जितेको छ भने जनता समाजवादी पार्टी नेपालले ४ वटा पालिकामा प्रमुख र ५ वटामा उपप्रमुख जितेको छ ।
धेरैजसो पहाडी क्षेत्रका जिल्लाहरुको परिणाम आइसकेको छ भने अधिक जनसंख्या भएका शहरहरु र तराईका अधिकांश जिल्लामा मतगणना भइरहेको छ । वैशाद ३० गते मतदानमा अवरोध भएका केही मतदान केन्द्रहरुमा आज पनि मतदान भएका छन् ।
मतगणना भइरहेका पालिकाहरुमा पनि नेपाली काँग्रेस नै अगाडी देखिन्छ । काँग्रेस करिब १५० वटा पालिकामा अग्रपंक्तिमा छ भने एमाले करिब ९० वटामा । उता माओवादी केन्द्र करिब ४० वटामा अगाडी छ भने जनता समाजवादी पार्टी करिब ३० स्थानमा अगाडी छ । नेकपा एकीकृत समाजवादी १४ स्थान र लोकतान्त्रिक समाजवादी पार्टी ११ स्थानमा अगाडी रहेका छन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’