
लण्डन । पूर्व गोरखा सैनिक भीम सारुमगर यही मे ५ मा बेलायतमा हुँदै गरेको स्थानीय निर्वाचनमा ननिटन तथा वेडवर्थ काउन्सिलमा काउन्सिलरको उम्मेदवार बनेका छन् ।
उनी बेलायतको वर्तमान प्रमुख प्रतिपक्षी दल लेबोर पार्टीका तर्फबाट बारपुल वडाबाट काउन्सिलको उम्मेदवार बनेका हुन् ।
ननिटनमा गोरखा सैनिकहरुको क्याम्प रहनुका साथै नेपालीहरुको बाक्लो बसोबास भए पनि स्थानीय सरकारमा हालसम्म प्रतिनिधित्व हुन सकेको थिएन । त्यसैले सारु भन्छन्, ‘मेरो उम्मेदवारी नेपालीको भावी पुस्तालाई प्रोत्साहन गराउनका लागि हो ।’
करिब ७/८ सय नेपालीको घरधुरी रहेको ननिटन क्षेत्रमा गोरखा तथा नेपालीहरुलाई हेर्ने अन्य समुदायको दृष्टिकोण सकारात्मक छ । नेपाली समुदायले स्थानीयबासीको मन जित्ने विभिन्न कार्य पनि गरेका छन् । स्थानीय पार्कमा गोरखा स्मारक पनि खडा भएको छ भने पूर्व गोरखा ओम गुरुङले काउन्सिलबाट फ्रिम्यानको सम्मान पनि पाएका छन् ।
सारु स्थानीयबासीले परिवर्तनको महसुस गर्ने गरी आफूले काम गर्ने बताउँछन् । आफूले जितेको खण्डमा काउन्सिलमा आफ्नो वडाको हरेक क्षेत्रको समस्या उठाउने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।
उनी अहिले चुनावी अभियानमा ब्यस्त छन् । अब घरदैलो अभियान अगाडी बढाउने उनले जानकारी दिए ।
सारुले करिब तीन दशक बेलायती सेनामा बिताए । रोयल गोरखा इन्जिनियरबाट उनले सेवा शुरु गरेका थिए । सेवाकै क्रममा उनले ग्रीनवीच विश्वविद्यालयबाट हाइवे इन्जिनियरिङको अध्ययन गरे । त्यसपछि बेलायती सेनाका विभिन्न युनिटमा रहेर उनले २४ वर्ष सेवा गरे । त्यसपछि करिब पाँच वर्ष रिजर्भ युनिटमा कार्यररत रहेका उनी गत सेप्टेम्बरमा क्याप्टेन पदबाट सेवाबाट अवकास लिए । अहिले उनी ननिटन टाउनमा सारु इमेजेजमार्फत व्यवसायमा सक्रिय छन् ।
सारु बेलायतको नेपाली समुदायमा पनि उत्तिकै सक्रिय छन् । उनी ननिटनमा रहेको ब्रिटिश गोरखा नेपाली भेटेरानको पहिले महासचिव र अहिले उपाध्यक्ष छन् । गैरआवासीय नेपाली संघ इंग्ल्याण्डको पहिलो कार्यसमितिका लागि भएको निर्वाचनमा उनी झीनो मतले अध्यक्ष पदमा निर्वाचित हुन सकेनन् ।
बेलायतको नेपाली समुदाय आफैँभित्र मात्र सीमित भइरहेकोमा आफूलाई त्यसबाहिरको स्थानीय समुदायमा हामीले हिस्सा खोज्नुपर्छ भन्ने लागेकाले राजनीतिमा होमिएको उनले बताए ।

बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’