
लण्डन । विश्वकै शैक्षिक शहरका रुपमा चिनिएको बेलायतको अक्सफोर्डस्थित अक्सफोर्ड विश्वविद्यालयमा नेपालका विभिन्न विषयमा अनुसन्धान गरिरहेका प्राज्ञहरुको सम्मेलन भएको छ ।
बेलायत नेपाल प्रज्ञा परिषद र युनिभर्सिटी अफ अक्सफोर्ड, इन्स्टिच्युट अफ सोसियल एण्ड कल्चरल एन्थ्रोपोलोजीको आयोजनामा भएको यस वर्षको १९ औँ नेपाल अध्ययन दिवस बुधबार र बिहीबार सम्पन्न भएको छ ।
कार्यक्रमको शुरुवातमा परिषदका अध्यक्ष डा कृष्ण अधिकारीले सहभागीलाई स्वागत गरेका थिए ।
दुई वटा समानान्तर सत्रमा प्रत्यक्ष उपस्थिति र अनलाइन उपस्थितिबाट चलेको सो सम्मेलनमा नेपालको इतिहास र साँस्कृतिक उत्पादन, स्वास्थ्य, राजनीति र संघीयता, युवा र सोसल मिडिया, दलित, आप्रवासन, शिक्षा, लिंग र विकास, उर्जा पर्यावरण र भूकम्प, पेशा, व्यवसाय र विविधताका बारेमा ४० वटा प्रस्तुति दिइएको थियो ।
यस्तै, नेपाल कन्भर्सेसनः ज्ञान उत्पादन र साटासाटमा पुनर्विचार, डा जीवनराज शर्माको पुस्तक ‘पोलिटिकल इकोनोमी अफ सोसल चेन्ज एण्ड डेभलपमेण्ट इन नेपाल’ पुस्तकमाथि गोलमेच विमर्श गरिएको थियो ।
सम्मेलनमा नेपाल, भारत, बेलायत, अष्ट्रेलिया, नर्वे, जापान, जर्मनी, फ्रान्स, पोल्याण्ड, सिंगापुरबाट भाग लिएका थिए ।
सम्मेलनमा यस वर्षको बीएनएसी पीएचडी शोधवृत्ति पुरस्कार हेमा किरुप्पालिनी र मिकेल भिण्डेगलाई संयुक्त रुपमा प्रदान गरियो । पुरस्कारको राशी जनही २५० पाउण्ड रहेको छ । किरुप्पालिनीको गोरखा सैनिकका श्रीमतीहरुको सामाजिक योगदान र भिण्डेगको नेपालको उर्जा क्षेत्रः सामाजिक पुनरुत्पादनको सिद्धान्तलाई सो पुरस्कार दिइएको थियो । यस्तै अमृता लिम्बुको अष्ट्रेलियाका आप्रवासी नेपालीहरुको संवेगबारेको शोध उपविजेता भएको थियो ।
सम्मेलनले परिषदको नेतृत्व पनि परिवर्तन गरेको छ । वर्तमान अध्यक्ष अधिकारीले आफ्नो कार्यभार नयाँ अध्यक्षमा सारा पार्करलाई हस्तान्तरण गरेका छन् । त्यस्तै नयाँ महासचिवमा जीवनराज शर्मा र कोषाध्यक्षमा फ्रेजर सुग्डेन निर्वाचित भएका छन् ।
सम्मेलनले अर्को वर्षको नेपाल अध्ययन दिवस बर्मिङघम विश्वविद्यालयमा गर्ने तय गरेको छ ।

बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’