
लण्डन । सामाजिक अभियान्ता एवम् राष्ट्रिय आविष्कार केन्द्र नेपालका संस्थापक अध्यक्ष डा. महावीर पुनसँग बेलायतको स्वीन्डनमा शुक्रबारको दिन गोर्खा नेपाली समाजको आयोजनामा अन्तर्क्रिया गरिएको छ।
युरोपका विभिन्न राष्ट्र भ्रमणको क्रममा बेलायत आइपुगेका पुनसँग राष्ट्रिय आविष्कार केन्द्र नेपालको आविष्कार, अनुसन्धान, काम र केन्द्रको अवधारणाबारे जानकारी गराउन अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो।
अन्तर्क्रिया कार्यक्रममा पुनले केन्द्रले गरिरहेको विभिन्न कामहरुको बारेमा श्रब्य दृश्यमार्फत जानकारी गराउनुका साथै सहभागीहरुको विभिन्न जिज्ञासाको जवाफसमेत दिएका थिए । सो अवसरमा उहाँले गोर्खा नेपाली समाजले केन्द्रलाई यसअघि गरेको आर्थिक सहयोगप्रति धन्यवाद दिँदै सो आर्थिक सहयोगले प्रतिभा भएका युवाहरुलाई अध्ययन अनुसन्धानमार्फत स्वदेशमै उद्यमी बन्न महत्वपूर्ण भूमिका खलिरहेको जानकारी गराउनु भयो।
यस अघि गोर्खा नेपाली समाजले २४ लाख १८ हजार ६६८ केन्द्रलाई सहयोग गरेको थियो।
मगर संघ यूके, शाखा कमिटी स्विन्डनका अध्यक्ष पूर्ण थापा, किरात राई यायोक्खा बेलायत स्वीन्डनका उपाध्यक्ष श्रीमती कल्पना राईलगायत स्वीन्डनका लब्धप्रतिष्ठित महानुभावहरुको उपस्थितिमा सम्पन्न कार्यक्रमको अध्यक्षता समाजका कार्यवाहक अध्यक्ष भोलाबिक्रम राईले गरेका थिए भने महासचिव लालबहादुर लिम्बुले कार्यक्रम सन्चालन गरेका थिए ।

द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता