
लण्डन । बेलायतको प्रमुख नेपाली संस्थाहरुमध्ये एक मगर संघ युकेमा पहिलोपटक महिला अध्यक्ष निर्वाचित भएको छ ।
संघको शनिबार फार्नब्रोमा सम्पन्न सातौँ अधिवेसनले सीता पुनमगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
अरु पदमा निर्विरोध भए पनि अध्यक्ष पदमा चुनाव भएको थियो । चुनावमा पुनले २१६ र अर्का प्रत्याशी रामबहादुर गलामीले २१३ मत पाए । २ मत भने बदर भएको थियो ।
पुन यसअघि सोही समितिको वरिष्ठ उपाध्यक्ष र गलामी उपाध्यक्ष पदमा कार्यरत थिए ।
महाधिवेसनबाट वरिष्ठ उपाध्यक्षमा लालबहादुर पुन, उपाध्यक्षद्वयमा रुद्र थापा र होम रोका, सचिवमा गुमानसिंह थापा, सहकोषाध्यक्ष थाम रोका, सदस्यहरुमा टेन्याङ (सरु) रानामगर, नुनु पाइजा, रमेश दुरामगर, मोहन थापा, सरला थापा, सुशीला मगर, किशोर राना, रुक आले, गोमानसिंह पुन, नरेश थापा र बोधविक्रम थापा निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई प्रमुख निर्वाचन आयुक्त मिन दर्लामीले सपथ गराएका थिए भने संरक्षक घन थापामगरले प्रमाण पत्र हस्तान्तरण र संस्थापक अध्यक्ष थर्क रानाले खादा लगाइदिएका थिए ।
नवनिर्वाचित अध्यक्ष पुनले संघमा सबैलाई समेटेर लैजाने बताइन् भने प्रत्याशी गलामीले निर्वाचनमा जित हासिल गर्न नसके पनि संघमा पहिले जस्तै लागिरहने वचनवद्धता गरेका थिए ।
यसअघि सम्पन्न संघको महाधिवेसनको संघका पूर्व अध्यक्षहरु थर्क राना, कुल थापा, दुत पुन, नेम थापा, वर्तमान अध्यक्ष सुनिल राना र संरक्षक घन थापाले उद्घाटन गरेका थिए । स्वागत मन्तब्य उपाध्यक्ष छविमाया पुनले दिएकी थिइन् ।
महासचिव रुद्र थापाले संचालन गरेको र अध्यक्ष सुनिल रानाको अध्यक्षतामा भएको अधिवेसनमा संघका पूर्व अध्यक्षहरु थर्क राना, कुल थापा, दुत पुन, नेम थापा र शाखाका अध्यक्षहरुले मन्तब्य दिएका थिए । त्यसैगरी महासचिव रुद्र थापा, कोषाध्यक्ष होम रोका, हाउजिङ कोषाध्यक्ष थाम रोका, मगर भवन परियोजनाका संयोजक मेजर रिटायर्ड कुल थापा, नेपालस्थित कोषका प्रमुख मेजर रिटायर्ड केके आले र अध्यक्ष सुनिल रानाले अध्यक्षको प्रतिवेदन पेश गरेका थिए । साथै विधान संशोधन समितिका संयोजक क्याप्टेन रिटायर्ड रामबहादुर पुनले विधान संशोधनको मस्यौदा, रेडिङ शाखाका अध्य़क्ष सोब रेगामीले अडिट कमिटीको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संघको मुखपत्र कानुङ लाङ्घाको विमोचन गरिएको थियो भने संघलाई सहयोग गर्ने विभिन्न महानुभावहरुलाई सम्मान पनि प्रदान गरिएको थियो ।
यस्तै, हालै सम्पन्न मगर महिला संघ युके र मगर युवा संघका नवनिर्वाचित पदाधिकारीहरुलाई पनि खादा लगाई सम्मान गरिएको थियो ।
संघको चुनाव सम्पन्न गर्नका लागि मिन दर्लामीको संयोजकत्वमा नरेश खपाङ्गी, बम थापा सूर्यवंशी, देवी आले र क्याप्टेन रामबहादुर पुन रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी