
लण्डन । लामो समय बेलायत बसेर नेपाल फर्किएका वासुदेव मिश्र श्रीलंकाका लागि नेपालको राजदुतमा प्रस्तावित भएका छन् ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले मिश्रलगायत २० जनालाई विभिन्न देशमा राजदुतका लागि प्रस्तावित गरेको हो ।
मिश्र लामो समय बेलायत बसेर केही वर्षअघि मात्र नेपाल फर्किएका थिए। उनी हाल जनदिशा अनलाइनको अध्यक्ष तथा प्रधानसम्पादक रहेका छन् ।
अन्तर्राष्ट्रिय मामिलामा विशेष दख्खल राख्ने लमजुङका मिश्र नेपालमा छँदा बैकिङ सेवामा कार्यरत रहेका थिए । उनी बेलायत आएपछि पनि माओवादी पार्टीमा निरन्तर सक्रिय थिए ।
उनका सहकर्मी सुरेन्द्र श्रेष्ठ मिश्रले बेलायतमा निरन्तररुपमा माओवादी पार्टी संगठनको महत्त्वपूर्ण जिम्मेवारी सम्हालेको बताउँछन् । विदेशका कम्युनिष्ट पार्टीहरुसितको सम्पर्कमा रहेका थिए ।
जनदिशामा संलग्न हुनुअघि पनि उनको विभिन्न पत्रपत्रिकामा अन्तर्राष्ट्रिय घटनाका बारेमा विश्लेषण गरिएको लेख रचना प्रकाशन हुने गरेको थियो ।
माओवादी पार्टी विभाजन हुँदा केही समय वैद्य पक्षमा लागेका मिश्र पछि रामबहादुर थापा बादलको नेतृत्वमा एकीकरण हुँदा माओवादी केन्द्रमा फर्किएका थिए ।
यसअघि बेलायतबाट फर्किएका डा पूर्ण लोक्समलाई पनि प्रदेश नम्बर १ सरकारले यसैसाता सो प्रदेशको योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो ।
संयोग पनि यसरी नियुक्ति पाउने मिश्र र लोक्सम दुवै माओवादी केन्द्रमा आवद्ध छन् ।
यसरी विदेशस्थित पार्टी संगठनमा काम गरेका विभिन्न विषयमा विज्ञता हासिल गरेका व्यक्तिहरुलाई जिम्मेवारी दिइँदा प्रवासमा राजनीति गर्नेहरुमा सकारात्मक सन्देश गएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा