
लण्डन । कोरोना महामारीका बेला अस्पताल लगायतका अत्यावश्यक सेवा क्षेत्रमा १ लाखभन्दा बढी निशुल्क खाना बाँड्ने लण्डनस्थित एक नेपाली रेष्टुरेन्ट व्यवसायीलाई सिटी अफ लण्डनको फ्रि म्यानको सम्मान दिइएको छ ।
लण्डनको लुइसाममा रहेको पानस गोरखा रेष्टुरेन्टका सन्चालक सुजन कटुवाललाई सिटी अफ लण्डनले सो सम्मान दिएको हो ।
फ्रि म्यान बेलायतमा स्थानिय निकायहरुले दिने सर्वोच्च सम्मान हो ।
करिब एक दशकदेखि व्यवसायरत कटुवाल महामारीपछि रेष्टुरेन्ट बन्द गर्नुपर्छ कि भन्ने सोचमा थिए तर उनकी श्रीमती बन्दनाले समुदाय र अस्पतालका लागि पनि रेस्टुरेन्ट खोल्न सुझाव दिइन् । त्यसपछि कटुवाल दम्पत्तिले अस्पतालका कर्मचारीहरु, कम्युनिटी सेन्टरहरु, घरबारविहीनहरु भएको ठाउँ, केयर होमहरु, खोप केन्द्रमा सहयोग गरिरहेका सैनिकहरुलाई निशुल्क खाना उपलब्ध गराउन थाले । उनीहरुको सो कार्यका बारेमा बेलायतका मूलधारमा मिडियाहरु बीबीसी र आइटिभीले समेत समाचार प्रकाशित गरेका थिए भने सन् २०२० मा क्वीन्स अवार्ड पनि पाइसकेका छन् ।
सिटी अफ लण्डनका प्रवक्ताले कटुवाललाई फ्रि म्यान अफ द सिटीको अवार्ड दिन पाउँदा खुशी लागेको बताएका छन् । यसका लागि कटुवाल बलियो हकदार रहेको उनले बताए । कटुवालको निस्वार्थ कार्य कसरी समुदायले सहकार्य गर्न सक्छ र संकटबाट बाहिर आउन सक्छ भन्ने उदाहरण भएको उनले थपे । कटुवालले कसरी लण्डनलाई राम्रो स्थान बलाउन सकिन्छ भन्नेमा आफूलाई समर्पित गरेको र कटुवालको लगावका साथै सकारात्मक प्रभावको आफूहरुले महसुस गरेको पनि उनले बताए ।
कटुवालले अवार्ड प्राप्त गर्दा हर्ष लागेको र आफ्नो कार्यको सम्मानले आफूलाई विनयशील बनाएको बताए । आफू र श्रीमती समुदायलाई सहयोग गर्नका लागि सक्दो लागि परिरहेको उनले थपे ।
अत्यावश्यक सेवाका क्षेत्रमा अग्रपंक्तिमा रहेर धेरै चापको वावजुद कतिपय अवस्थामा लामो समयसम्म काम गर्नेहरुप्रति आफूमा उच्च श्रद्धा रहेको कटुवालले बताए । उनीहरुलाई सहयोग गर्न पाउँदा र उनीहरुको अनुहारमा थोरै भए पनि हाँसो ल्याउन पाउँदा आफूलाई अपार आनन्द लागेको कटुवालको भनाइ छ ।
फ्रिडम अफ द सिटी अफ लण्डन सन् १२३७ मा शुरु भएको हो । सिटी अफ लण्डन कर्पोरेसनले लण्डनको सार्वजनिक जीवनमा अद्वितीय योगदान दिने वा असाधारण प्रगति गरेका व्यक्तिहरुलाई यो सम्मान दिने गरेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा