लण्डन । बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले बेलायती महारानीसित आज आफ्नो ओहोदाको प्रमाण पत्र पेश गर्नुभएको छ ।
आचार्यले आज बेलायती राजदरबार बकिङघम पालेसमा आयोजित विशेष कार्यक्रममा भर्चुअलरुपमा महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो ।
महारानीले विन्जर क्यासलबाट भर्चुअल रुपमा आचार्यको प्रमाण पत्र ग्रहण गर्दै राजदुतका रुपमा नियुक्त भएकोमा बधाई तथा शुभकामना दिनुभएको थियो । आचार्यले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश पनि महारानीलाई सुनाउनुभएको थियो । सन्देशमा उहाँहरुले महारानीको सुस्वास्थ्यका साथै बेलायती जनताकाे उत्तरोत्तर प्रगति र सम्वृद्धिको कामना गर्नुभएको थियो ।
महारानीले आफ्नो नेपाल भ्रमणको सम्झना गर्दै नेपाल र बेलायतबीच मैत्रीपूर्ण र आपसी सद्भावसहितको सम्बन्ध भएको बताउनुभएकाे थियो ।
राजदुत आचार्यले नेपाल र बेलायतबीच २०० वर्षभन्दा लामो समयदेखि सम्बन्ध रहँदैआएकोमा हर्ष प्रकट गर्दै बेलायत सरकारलाई नेपालको सामाजिक आर्थिक विकासका साथै कोरोना भाइरसविरुद्धको लडाइँमा गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले दुई देशबीचको सम्बन्ध अझै बलियो र विस्तार गर्ने पनि बताउनुभयो । साथै महारानीलाई गद्दी आरोहरणको हीरक जयन्तीको शुभकामना पनि दिनुभयो ।
समारोहमा राजदुत आचार्य धर्मपत्नीसहित उपस्थित हुनुहुन्थ्यो ।
राजदुताबासले आजै दुताबासमा एक समारोहको पनि आयोजना गरेको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा