लण्डन । बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले बेलायती महारानीसित आज आफ्नो ओहोदाको प्रमाण पत्र पेश गर्नुभएको छ ।
आचार्यले आज बेलायती राजदरबार बकिङघम पालेसमा आयोजित विशेष कार्यक्रममा भर्चुअलरुपमा महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो ।
महारानीले विन्जर क्यासलबाट भर्चुअल रुपमा आचार्यको प्रमाण पत्र ग्रहण गर्दै राजदुतका रुपमा नियुक्त भएकोमा बधाई तथा शुभकामना दिनुभएको थियो । आचार्यले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश पनि महारानीलाई सुनाउनुभएको थियो । सन्देशमा उहाँहरुले महारानीको सुस्वास्थ्यका साथै बेलायती जनताकाे उत्तरोत्तर प्रगति र सम्वृद्धिको कामना गर्नुभएको थियो ।
महारानीले आफ्नो नेपाल भ्रमणको सम्झना गर्दै नेपाल र बेलायतबीच मैत्रीपूर्ण र आपसी सद्भावसहितको सम्बन्ध भएको बताउनुभएकाे थियो ।
राजदुत आचार्यले नेपाल र बेलायतबीच २०० वर्षभन्दा लामो समयदेखि सम्बन्ध रहँदैआएकोमा हर्ष प्रकट गर्दै बेलायत सरकारलाई नेपालको सामाजिक आर्थिक विकासका साथै कोरोना भाइरसविरुद्धको लडाइँमा गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले दुई देशबीचको सम्बन्ध अझै बलियो र विस्तार गर्ने पनि बताउनुभयो । साथै महारानीलाई गद्दी आरोहरणको हीरक जयन्तीको शुभकामना पनि दिनुभयो ।
समारोहमा राजदुत आचार्य धर्मपत्नीसहित उपस्थित हुनुहुन्थ्यो ।
राजदुताबासले आजै दुताबासमा एक समारोहको पनि आयोजना गरेको थियो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’