लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले युक्रेन संकटबाट विस्थापित भएका नेपालीहरुलाई करिब साढे सात लाख रुपियाँ बराबरको सहयोग गरेको छ ।
एनआरएनए युकेका सचिव तथा सो अभियानका संयोजक ज्ञानेन्द्र आलेका अनुसार संकलित सहयोगमध्ये ३ हजार पाउण्ड एनआरएनए स्कटल्याण्ड राज्यसमितिका अध्यक्ष काशीराम भण्डारीले पोल्याण्ड गई हस्तान्तरण गरेका थिए भने बाँकी १ हजार ६१० पाउण्ड एनआरएनए पोल्याण्डलाई बैँकमार्फत हस्तान्तरण गरिएको थियो ।
एनआरएनए युकेको मार्च २ मा बसेको सचिवालय बैठकले युक्रेनको द्वन्द्वबाट पीडित नेपालीहरुका लागि सहयोग उठाउने निर्णय गरेको थियो ।
यस अभियानमा सहयोग गर्नुहुने बेलायतबासी नेपालीहरु तथा एनआरएनए यूकेको राज्य समन्वय परिषदहरु इङग्ल्याण्ड, स्कट्ल्याण्ड, नर्दन आयरल्याण्ड र वेल्सप्रति संयोजक आलेले धन्यवाद ब्यक्त गरेका छन् ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने