काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी शुक्रबारदेखि मित्रराष्ट्र भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवाले यही चैत १८ देखि २० गतेसम्म भारतको भ्रमण गर्न लाग्नुभएको हो । प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी डा आरजु राणा देउवा पनि रहनुहुनेछ ।
प्रधानमन्त्रीको टोलीमा परराष्ट्रमन्त्री डा नारायण खड्का, नेपाल सरकारका अन्य वरिष्ठ मन्त्री, सचिव र अधिकारी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणले नेपाल र भारतबीचको बहुआयामिक, सदियौँ पुरानो र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास उक्त मन्त्रालयले व्यक्त गरेको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतका उपराष्ट्रपति एवम् वेंकैया नायडूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले चैत १९ गते हैदरावाद हाउसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुनेछ । भारतका प्रधानमन्त्रीले प्रधानमन्त्री देउवा र उहाँको प्रतिनिधिमण्डलको सम्मानमा दिवा भोजको आयोजना गर्नुहुनेछ ।
त्यसैगरी, प्रधानमन्त्री देउवासँग विदेशमन्त्री एस जयशङ्कर तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार शिष्टाचार भेट गर्नुहुनेछ । नयाँदिल्लीमा रहँदा प्रधानमन्त्री देउवाले व्यापारी समुदायको भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । चैत २० गते काठमाडौँ फर्कनुअघि प्रधानमन्त्रीले वाराणसीको पनि भ्रमण गर्नुहुनेछ ।
गत असारमा वर्तमान सरकारको नेतृत्व लिएपछि प्रधानमन्त्रीबाट हुन लागेको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो । भारत र नेपालबीच शताब्दीऔँ पुरानो विशेष मित्रता एवं सहयोगको सम्बन्ध रहेको छ । हालका वर्षमा आपसी साझेदारीले सहयोगका सबै क्षेत्रमा उल्लेखनीय वृद्धि देखाएको छ । यो भ्रमणबाट दुई पक्षबीचको घनिभूत सहकार्य र साझेदारीलाई थप सघन तुल्याउन तथा दुई देशका जनताको हितका विषयलाई अगाडि बढाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’