काठमाडौं। उपत्यका बाहिरबाट काठमाडौ भित्रने सबैभन्दा ठूलो नाका नागढुंगा नजिकै बुधबार बिहान बस भीरबाट खस्दा १७ जनाको मृत्यु भएको छ।
बसमा सवार १४ जनाको घटनास्थलमा र ३ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्रिभुवन राजपथको नागढुङगा नौबिसे सडक-खण्ड अन्तर्गत धादिङको नौबिसे गाविसस्थित झ्याप्रेखोलामा भारतीय पर्यटक बोकेको बस खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा २० बढी घाइते भएका छन्।
भारतीय तीर्थयात्री बोकेको जी जेड १४ एक्स नम्वरको बस सडकबाट तीनसय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनास्थलमा अहिले स्थानिय बासिन्दा र प्रहरीले उद्धारकार्य जारी राखेका छन् ।
दुर्घटनामा २० भन्दा बढी यात्रु घाइते भएको र घाइतेहरुलाइ उद्धार गरि काठमाण्डौतर्फ पठाइदै गरेको प्रहरीले जनाएको छ। घटनाबारे बिस्तृत विवरण आउन बाँकी छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो