
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच आज शिष्टाचार भेटघाट भएको छ ।
मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा बेलायत सरकारको सहयोगमा मधेस प्रदेशमा जारी योजना र आगामी रणनीतिका बारेमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिनुभयो ।
भेटका क्रममा मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झासहितको उपस्थिति रहेको थियो । बेलायती राजदूत पोलिटले यसअघि जनकपुरधाम उपमहानगरको कुवारामपुरमा रहेको मिथिला पेन्टिङको ग्यालरीको समेत निरीक्षण गर्नुभएको थियो ।
उहाँले निरीक्षणका क्रममा मिथिला पेन्टिङको प्रवर्धन र बजारीकरणका लागि बेलायतले सहकार्य र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । बेलायती राजदूत पोलिटले बेलायत सरकारको सहयोगमा मधेस प्रदेशमा सञ्चालित योजनाहरुको निरीक्षणसमेत गर्नुभएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा