काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) भित्रको विवादका कारण दुई पक्षले अलगअलग महाधिवेशनको घोषणा गरिसकेको अवस्थामा उम्मेदवारहरुबीच सहमति कायम भएको छ भने प्रमुख संरक्षक शेष घलेले बोलाएको महाधिवेसन पनि शुरु भएर नयाँ मोडमा पुगेको छ ।
अध्यक्ष पदका प्रत्यासीहरु कुल आचार्य, डा बद्री केसी र रविना थापाबीच नेतृत्वको विषयमा सहमति भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
सहमतिअनुसार एनआरएनएको १० औँ विश्व सम्मेलन यही चैत १० र ११ गते हुनेछ ।
संस्थाका पूर्वअध्यक्ष र विभिन्न पदाधिकारीहरुको प्रयासमा दुवै पक्षबीच सहमति कायम भएपछि आज संयुक्त पत्रकार सम्मेलन गरी एनआरएनएको विवाद मिलेको र सबै एकताबद्ध भएर अघि बढ्ने अध्यक्षका उम्मेदवारहरुले बताएका छन् ।
तीनै जनाले संस्थालाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता जनाउनुभयो । एनआरएनएभित्र सहमतिअनुसार संस्थामा दुई अध्यक्षको व्यवस्था गर्ने समझदारी भएको सो अवसरमा जानकारी दिइयो ।
सो अवसरमा अध्यक्षका उम्मेदवार आचार्यले एनआरएनए हामी सबैको साझा आस्था, विश्वास र अभियान भएकाले यसलाई निरन्तरता दिन सहमतिको विकल्प नभएको बताउँदै संस्थाको इतिहासको १८ वर्षपछिको विषम परिस्थितिको विषयमा गम्भीर छलफल भई एउटा निचोडमा पुगिएको बताउनुभयो ।
अध्यक्षका प्रत्यासी बद्री केसीले सङ्घको एकतालाई कायम राख्न बहुअध्यक्षात्मक प्रणालीबाट सङ्घको नेतृत्व गर्ने सहमति भएको बताउनुभयो । सहमतिलाई कार्यान्वयन गर्न भविष्यमा नजिर नरहने गरी १०औँ महाधिवेशनबाट विधानमा आवश्यक संशोधन गरिने उहाँले बताउनुभयो ।
अध्यक्षका अर्का प्रत्यासी रविना थापाले पनि सहमतिपछि संस्थालाई एक बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । एनआरएनएमा आगामी अधिवेसनको प्रतिनिधि छनोटमा विवाद हुँदा केही समयदेखि विवाद रहँदै आएको थियो ।
उता, प्रमुख संरक्षक शेष घलेले आयोजना गरेको एनआरएनए विश्व सम्मेलन शुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सो सम्मेलनको उद्घाटन गर्नुभयो ।
आयोजक समितिका संयोजक सोनाम लामाको सभापतित्वमा भएको सो अधिवेसनमा एनआरएनए अभियानकर्मीहरुको उपस्थिति थियो । सो सम्मेलनमा विभिन्न शीर्षकहरुमाथि छलफल भइरहेको छ ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’