लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको शनिबार सम्पन्न साधारणसभाले अध्यक्षमा गोमा रानालाई चयन गरेको छ । राना यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो ।
शाखाका अध्यक्ष प्रमिला लाबुङ राईले सबैलाई समान अवसर प्रदान गर्न र नेतृत्व विकासका लागि आफूले अध्यक्ष पदबाट राजिनामा दिएको बताउनु भएको थियो । कार्यक्रममा राईले नवनियुक्त अध्यक्ष रानालाई खादा लगाई कागजात हस्तान्तरण गर्नुभएको थियो ।
नवनियुक्त अध्यक्ष रानाले आफ्नो कार्यकालमा सबैको सहयोग प्राप्त हुने अपेक्षा गर्नुभएको थियो। उहाँले आगामी दिनमा पत्रकारिता तालिम, सदस्यता वृद्धि लगायतका कार्यक्रम ल्याउने पनि जानकारी दिनुभयो ।
साधारणसभाले बेलायतमा फोनिज युके पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । सो पुरस्कारका बारेमा कार्यसमितिले विस्तृत योजना बनाउने बताइएको छ ।
फोनिज युकेले यसअघि नै नेपालमा फोनिज युके पत्रकारिता पुरस्कार स्थापना गरिसकेको छ । जसबाट हरेक वर्ष दुई जनालाई २५/२५ हजार रुपियाँ नगदसहित पुरस्कार प्रदान गरिँदै आएको छ ।
फोनिज युकेका अध्यक्ष प्रमिला लाबुङ राईको अध्यक्षता र सचिव लीला सेलिङ माबोको सञ्चालनमा भएको सो साधारणसभामा सचिव सेलिङ माबोले सांगठानिक प्रतिवेदन र कोषाध्यक्षका तर्फबाट उपाध्यक्ष गोमा रानाले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । दुवै प्रतिवेदनहरु सर्वसम्मतिले पारित गरिएको थियो ।
सो अवसरमा नयाँ पुस्तक निकाल्नुभएकोमा सचिव लीला सेलिङ माबो र सल्लाहकार एकेन्द्र गुरुङलाई, नयाँ गीत प्रकाशन गर्नु भएकोमा पत्रकार मिलन तमु, गोरखा नागरिकता निरन्तरता अभियानका लागि होम सुनुवार र एभरेष्ट टाइम्सको प्रबन्ध निर्देशक हुनुभएकोमा नगेन्द्र नेम्वाङलाई बधाई ज्ञापन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि शेर्पा, सम्मानित व्यक्तित्वहरु नरेश खपाङ्गी र बिमला सेने, पुस्तक प्रकाशन गर्नुहुने लीला सेलिङ माबो र एकेन्द्र गुरुङ लगायतले बोल्नुभएको थियो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’