लण्डन । बेलायतको लण्डन महानगरीय प्रहरीले नेपालबाट चोरिएका दुई प्राचीन सम्पदा नेपाल फर्काउनका लागि लण्डनस्थित नेपाली दुताबासलाई हस्तान्तरण गरेको छ ।
आज दुताबासमा आयोजित एक कार्यक्रममा महानगरीय प्रहरीका डेपुटी डिटेक्टिभ सुपरिटेण्डेण्ट जोन रोचले ती सम्पदाहरु बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यलाई हस्तान्तरण गरे ।
हस्तान्तरण गरिएका सम्पदाहरुमा सोर्हौं शताब्दीकालीन कुँदिएको काठको तोरण र अठारौं शताब्दीकालिन घुँडा टेकेर नमस्कार गरेको मुद्राको ढुंगाको कुँदिएको मूर्ति रहेको छ । तोरण हनुमानढोका दरबार परिसरबाट सन् १९८० देखि १९९० को बीचमा हराएको थियो भने ढुंगाको मूर्ति ओमबहालको मन्जुश्री मन्दिरबाट सन् १९८०को दशकमा हराएको थियो ।
सम्पदाहरु ग्रहण गर्दै राजदुत आचार्यले महानगरीय प्रहरीलाई ती सम्पदाहरु भेटाइदिएकोमा धन्यवाद दिए । उनले ती सम्पदाहरु फर्काउनका लागि पहल गरिदिएकोमा ग्लास्गो विश्वविद्यालयकी डा इमिलिन स्मीथ र मिडियालाई पनि धन्यवाद दिए ।
महानगरीय प्रहरीका डेपुटी डिटेक्टिभ सुपरीडेण्टेन्ट जोन रोचले बहुमूल्य सम्पदाहरु नेपाल फर्काउन पाउँदा आफूहरुलाई खुशी लागेको बताए । ती सम्पदाहरु हराउनुअघि तस्वीर खिचिएको हुनाले खोज्न सजिलो भएको उनले थपे । उनका अनुसार जसले ती सम्पदाहरु पाएका थिए उनलाई प्रहरीले ती सामग्रीहरु धार्मिक स्थलबाट चोरिएको बताएपछि उनले स्वेच्छाले प्रहरीलाई समर्पण गरेको बताए ।
ग्लास्गो विश्वविद्यालयकी लेक्चरर डा इमिलिन स्मीथले ती सम्पदाहरु नेपाल फर्काउने अभियानमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरिन् ।
दुताबासले दुवै सम्पदाहरु चाँडै नै पुरातत्व विभागमार्फत नेपाल फर्काइने बताएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते