लण्डन । बेलायतको स्कटल्याण्ड राज्यमा यही मार्च २० मा जनगणना हुँदैछ । बेलायतका चार राज्यमा सधैँ एकैपटक जनगणना हुने गरे पनि कोरोना महामारीका कारण स्कटल्याण्डमा यस वर्ष मात्र जनगणना हुन लागेको हो । बाँकी चार राज्यमा गत वर्ष नै जनगणना भइसकेको छ । मार्च २० लाई जनगणना दिन भनिए पनि फेब्रुअरी २८ देखि नै जनगणना गर्न सकिने बताइएको छ ।
स्कटल्याण्डमा पनि बेलायतका अन्य राज्यहरुमा जस्तै अनलाइनबाट वा कागजको फाराम घरमै मगाएर जनगणनामा भाग लिन सकिने छ ।
स्कटल्याण्डको जनगणनामा पनि नेपाली मूलका मानिसहरुलाई विभिन्न प्रश्नमा नेपाली लेख्ने सुविधा दिइएको छ ।
अनलाइनबाट फाराम भर्दा जन्मदेशसम्बन्धी प्रश्नमा ‘इल्सह्वेर’ छानि ड्रपडाउन मेनुबाट ‘नेपाल’ छान्न सकिने छ । यस्तै, मुख्य भाषाको प्रश्नमा पनि ड्रप डाउन मेनुबाट ‘नेपाली’ रोज्न सकिने छ । कहाँको राहदानी बोक्नुहुन्छ भन्ने प्रश्नमा पनि ‘नेपलिज’ छनौट गर्ने अवसर दिइएको छ । त्यस्तै, न्याशनल आइडेण्टिटी सम्बन्धी प्रश्नमा पनि ‘नेपलिज’ छान्न सकिने छ । कसैले ‘गोरखा’ राख्न चाहेमा त्यसलाई पनि रोज्न सकिने छ ।
तिम्रो इथ्निक समूह के हो भन्ने प्रश्नमा एसिएन, स्कटिस एसिएन, ब्रिटिश एसिएन छानेर त्यसभित्र ‘अदर’ छाने पछि ‘नेपलिज’ छान्न पाइन्छ । यस्तै, कसैले ‘गोरखा’ लेख्न चाहेमा त्यो पनि रोज्न सकिन्छ ।
यस्तै, कागजको प्रश्नावलीमा प्रश्न नम्बर ९ मा तिम्रो जन्मदेश कहाँ हो भन्ने प्रश्न छ भने प्रश्न नम्बर १६ मा तिम्रो मुख्य भाषा के हो भन्ने प्रश्न छ । प्रश्न नम्बर २२ मा तिमीलाई आफ्न राष्ट्रिय पहिचान के हो जस्तो लाग्छ भन्ने प्रश्न छ भने प्रश्न नम्बर २३ मा तिम्रो जातीय समूह के हो भन्ने प्रश्न छ ।
कागजको प्रश्नावली भर्नेहरुले नेपाली लेख्न चाहेमा खाली बाकसमा लेख्नुपर्ने हुन्छ ।
आबरडिनमा बसोबास गर्दै आउनुभएका अधिवक्ता विदुर खत्री स्कटल्याण्डको जनगणनामा नेपाल र नेपाली छनौट गर्ने सुविधा दिइएकोमा खुशी व्यक्त गर्छन् । गैरआवासीय नेपाली संघ स्कटल्याण्ड राज्य समितिका पूर्व सदस्यसमेत रहेका खत्री स्कटल्याण्डबासी नेपालीहरुलाई जनगणनामा नछुट्न अपील गर्छन् ।
इङल्याण्डको जनगणनामा गत वर्ष निकै चर्चा परिचर्चा भए पनि स्कटल्याण्डको जनगणनाका बारेमा भने नेपालीमाझ त्यति प्रचार भएको देखिँदैन ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’