काठमाडौं। नेपालले एएफसी यु –१४ रिजनल च्याम्पियनशीपमा इरानलाई पराजित गरेको छ। दशरथ रंगशालामा भएको खेलमा नेपालले इरानलाई ३-२ ले पराजित गरेको हो। नेपालका लागि सरु लिम्बुले खेलको २५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । तर त्यसको दुई मिनेटमै इरानको फतेमा अमिरील बराबरी गोल गरिन् । 
नेपालका लागि दोस्रो र तेस्रो गोल रेखा पौडेलले गरिन। उनले खेलको ३२ औं र ४७ औं मिनेटमा गोल गरिन् । खेलको दोस्रो हाफको इन्जुरी समयमा इरानकी फतेमा गसेमीले गोल गर्दै खेल ३-२ को फुर्याएकी थिइन् ।
खेल पछि आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका प्रशिक्षक किशोर केसीले इरानविरुद्धको खेल क्षमताभन्दा कमजोर भएको बताएका छन्। उनले रक्षापंक्ति कमजोर भएको भन्दै खेलमा निकै सुधार गर्न आवश्यक भएको बताएका छन्। उनले उपाधिको रक्षा गर्ने हो भने खेलमा निकै सुधार आवश्यक भएको बताएका छन्। नेपालले मंगलबार माल्दिभ्स र बुधबार श्रीलंकासँग प्रतिस्पर्धा गर्ने छ। समूहको विजेता र उप विजेता सेमिफाइनलमा प्रवेश गर्ने छ।
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
इरानले शान्ति प्रस्ताव अस्वीकार गरे पुनः आक्रमण गर्ने अमेरिकाको चेतावनी
लन्डनमा गुञ्जियो नेपाली हिपहप
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान