लण्डन । बेलायतमा कार्यरत नेपाली नर्सहरुको संस्था नेपलिज नर्सेज एसोसिएसन युकेले वार्षिक सम्मेलन तथा अन्तर्राष्ट्रिय नारी दिवस एकै साथ मनाउने भएको छ ।
भोलि (८ मार्चका दिन) बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म भर्चुअल रुपमा हुने सो कार्यक्रममा नेपाली दुताबास र एनआरएनए युकेका साथसाथै स्वास्थ्य, योग, ध्यान, नर्सिङ र स्वास्थ्य सम्बन्धी विभिन्न पेशामा आवद्ध व्यक्तिहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा ब्ल्याक एण्ड इथ्निक माइनोरिटिज (बीएमइ) स्ट्रयाटेजिक एडभाइजरी ग्रुपका अन्तरिम अध्यक्ष फेलिसिया क्वाकु ओबिईले बीएमइ किन स्थापना भयो भन्ने बारेमा, नर्सिङ एण्ड मिडवाइफरी काउन्सिल (एनएमसी)की वरिष्ठ दर्ता व्यवस्थापक क्याथलिन दलाल मोलोयले काउन्सिलमा बेलायत बाहिरबाट दर्ता प्रक्रियाका बारेमा, हडर्सफिल्ड विश्वविद्यालयकी सिनियर लेक्चरर डा. विभा सिम्खडाले बेलायतमा दर्तावाला नर्सहरुको पेशागत यात्राका बारेमा जानकारी दिनुहुनेछ ।
यस्तै, बुद्धि रानाले योगका बारेमा, अल्बर्टा इन्स्टिच्यूट अफ महायोगका दीपक लामाले तनावका लागि ध्यानका बारेमा, बेलायतको स्वास्थ्य मन्त्रालयका अन्तर्राष्ट्रिय श्रमशक्ति निर्देशनालयका प्रमुख गेल मार्जेटले नर्सहरुलाई बेलायतमा कसरी काममा भर्ना गरिन्छ भन्ने बारेमा, प्रोफेसर डेम एलिजावेथ आनिनवेले डेम कसरी बनेँ भन्ने बारेमा सम्मेलनमा बताउने छन् ।
यसैगरी, ग्लोबल साउथ कलिङ फर डिग्निफाइड मेन्सुरेसनकी संस्थापक राधा पौडेलले सम्मानित रजश्वलाका बारेमा, नर्स आडल्ट सोसल केयरकी प्रमुख प्रोफेसर डेबोरा स्टर्डीले स्वास्थ्य र हेरचाहमा स्वास्थ्यकर्मीहरुलाई सहायताका बारेमा, जेनिफर कागुइओआले महिला सशक्तीकरणका बारेमा, जीपी डा. बन्दना कर्णले गर्भाशयको रक्तस्रावका बारेमा, कृष्ण न्यौपानेले कोभिड १९ ले व्यक्तिगत स्वास्थ्य र हितमा परेको प्रभावका बारेमा जानकारी दिने कार्यक्रम छ ।
यस्तै, फार्मासिष्ट शोभा शर्मा कँडेलले कोभिड भ्याक्सिनका बारेमा, रोयल कलेज अफ नर्सिङका प्रोफेसनल लिड क्रिस्टिन म्याकेन्जी र क्षेत्रीय निर्देशक लुसी मुसिनाले कसरी रोयल कलेज अफ नर्सिङले नर्सहरुलाई सहयोग गरिरहेको छ भन्ने बारेमा जानकारी दिने छन् ।
कार्यक्रममा नेपलिज डक्टर्स एसोसिएसनका अध्यक्षा डा कमल अर्याल, एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगर तथा कार्यक्रमकी प्रमुख अतिथि नेपाली दुताबास लण्डनकी उपनियोग प्रमुख रोशन खनालले सम्बोधन गर्ने कार्यक्रम छ ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन