लण्डन ।सरसफाई गर्ने महिला कर्मचारीलाई यौन दुर्ब्यबहार गरेको अभियोगमा दोषी पाइएका सेवारत गोरखा सैनिकलाई छ महिना क़ैद सजायँ भएको छ ।
सेकेण्ड गोरखा राइफल्समा कार्यरत २६ वर्षीय ताराहांग राईलाई बुलफोर्ड सैनिक अदालतले सो सजायँ तोकेको हो ।
उनलाई मिलिटरी करेक्टिभ सेन्टर कोलचेष्टरमा क़ैद गरिने छ । साथै उनलाई ५ वर्षसम्म यौन अपराध गर्ने व्यक्तिको सूचीमा पनि राखिने छ ।
राईमाथि ब्रुनाइको टुकर लेन्समा रहेको गोरखा सैनिकको क्याम्पको पुरुष शौचालयमा लुकेर सरसफाइ गर्ने महिलालाई यौन सम्बन्ध राख्न जबरजस्ती गरेको अभियोग लागेको थियो ।
सरकारी वकिल विलियम पिटर्सका अनुसार घटना भएको दिन ती महिला र राईको पुरुष शौचालयमा तीनपटक जम्काभेट भएको थियो । दुई पटक राईले ती महिलालाई चुम्बनका लागि आग्रह गरेका थिए तर तेस्रोपटक राईले महिलालाई समातेर शौचालयभित्र लैजान जोड गरेका थिए। त्यसपछि महिलाले छोड्न पटकपटक आग्रह गर्दा पनि नछोडेका राईले महिलाले चिच्याउने धम्की दिएपछि भने छोडेका थिए ।
घटनापश्चात महिलाले आफ्नो म्यानेजरलाई सो घटना बताएकी थिइन् ।
राईले आफूमाथि लगाइएको अभियोग अस्वीकार गर्दै आएका थिए । राईले महिलाले नै आफूलाई फेसबुकमा ‘क्युट’ लेखेको र उनलाई फेसबुकमा ब्लक गर्नु परेको बताएका थिए । महिलाले आफूबाट फाइदा लिन खोजेको तर आफूले नदिएपछि यौन दुर्ब्यवहारको आरोप लगाएको राईको भनाइ थियो ।
यद्यपि उनको भनाइलाई अदालतले अस्वीकार गरेको छ ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने