लण्डन । बेलायत सरकारले ब्रिटिश न्याशनल ओभरसिज (बीएनओ) भिसा योजनालाई विस्तार गर्दै सन् १९९७ वा सोभन्दा पछि हङकङमा जन्मेकाहरुलाई समेत बेलायतको आवासीय भिसा दिने बनाएको छ ।
बेलायतका अध्यागमन मन्त्री केभिन फोस्टरले बेलायत सरकारले सन् १९९७ जुलाई १ वा सो भन्दा पछि जन्मेका, १८ वर्ष वा सोभन्दा माथि उमेर भएका र कम्तीमा एक जना अभिभावकसित बीएनओ पासपोर्ट भएकाहरुलाई बेलायतको आवासीय अधिकार दिन मिल्ने गरी नियम परिवर्तन गरेको बताए ।
सरकारले तय गरेको नयाँ नियम आगामी अक्टोबरदेखि कार्यान्वयनमा आउने बताइएको छ ।
हङकङ वाचका कार्यकारी निर्देशक बेनेडिक्ट रोजर्सले सरकारको निर्णयको स्वागत गरेका छन् । उनले वाचले विगत दुई वर्षदेखि उठाउँदै आएको माग पूरा गरिदिएकोमा सरकारलाई धन्यवाद दिए । यस निर्णयले बेलायत सरकारको यसअघिको बीएनओसम्बन्धी नीतिमा छुटेकाहरुलाई समेट्ने उनले विश्वास व्यक्त गरेका छन् ।
बेलायत सरकारले चीनले हङकङमा नयाँ सुरक्षा सम्बन्धी कानुन जारी गरेपछि हङकङमा रहेका बीएनओ पासपोर्टबाहकहरुलाई बेलायतको आवासीय अधिकार तथा नागरिकता दिने निर्णय गरेको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते