लण्डन । सदस्यता शुल्क केन्द्रमा नबुझाएकोमा आलोचना खेप्दै आएको गैरआवासीय नेपाली संघ यूकेले केन्द्रमा सदस्यता शुल्क बुझाउन तीन वटा शर्त राखेको छ ।
अध्यक्ष कुमार पन्तलाई बुधबार एक पत्र पठाउँदै एनआरएनए युकेले आफूहरुले सिफारिस गरेका प्रतिनिधिहरुले केन्द्रीय महाधिवेसनमा भाग लिन पाउनु पर्ने शर्त तेर्स्याएको छ । ”एनआरएनए युकेले पठाएका प्रतिनिधिका सम्बन्धमा आईसीसीको सचिवालयले बेलाबेलामा अपनाउँदै आएको रवैयाबाट भने हामी चिन्तित छौँ । यूकेका तर्फबाट हुने प्रतिनिधित्व सम्बन्धमा अन्तराष्ट्रिय समन्वय परिषदको सचिवालय तथा पदाधिकारी लगायतबाट फरक-फरक धारणा सार्वजनिक हुँदा हाम्रो वैधानिक प्रतिनिधित्वका सम्बन्धमा आश्वस्त हुन सकिरहेका छैनौं । हामी राष्ट्रिय समन्वय परिषद यूकेको वर्तमान कार्यसमितिले प्रमाणित गरेर पठाएका सम्पूर्ण प्रतिनिधिहरुले महाधिवेशन तथा निर्वाचनमा भाग लिन पाउने कुराको पूर्ण सुनिश्चितता होस् भन्ने चाहान्छौँ “, पत्रमा भनिएको छ ।
एनआरएनए युकेले राखेको अर्को शर्तमा एनआरएनए युके बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको र बेलायतको स्थानीय कानुन पालना गर्नुपर्ने कारण देखाउँदै केन्द्र र युके राष्ट्रिय समन्वय समितिबीच अधिकार, कर्तब्य र दायित्व बाँडफाँडमा सम्झौतापत्र हुनुपर्ने राखिएको छ ।
तेस्रो शर्तमा एनआरएनए युकेले नेपाल हाउस बनाउन लागेको र सोका लागि आईसीसीको तर्फबाट सदस्यता शुल्कमा छुट दिएर वा नगदै सहयोग गर्न आग्रह गरिएको छ । “करिब दुई लाख गैर-आवासीय नेपालीहरुको बसोबास भएको भनिएको यो देशमा साझा घरको आवस्यकता महशुस भएको छ । अतः गैर–आवासीय नेपाली संघ यूकेले यो वर्ष नेपालीहरुको साझा घर नेपाल हाउस बनाउने अभियान सुरु गरेको छ । यस कार्यमा प्रोत्साहन गर्न अन्तराष्ट्रिय समन्वय परिषदबाट हामीलाई सदस्यता शुल्कबापतको दायित्वमा छुट दिएर वा अन्य तरिकाले सहयोग पुर्याउनु हुनका लागि हार्दिक अनुरोध गर्दछौ” – पत्रमा भनिएको छ ।
पत्रको अन्त्यमा भने हालसम्म पुरानो कार्यसमितिमबाट बैंकिङ कारोवारको पूर्ण हस्तान्तरण नभइसकेको र रकम स्थानान्तरण सहज नभएको अवस्था बताइएको छ ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]