लण्डन। यूएस ओपन विजेता व्रिटिश टेनिस खेलाडी एम्मा राडुकानुलाई पछ्याएको अभियोगमा दोषी ठहरिएका नेपाली युवा जेल पर्नबाट जोगिएका छन्।
लण्डनको ब्रोमली म्याजिष्ट्रेट कोर्ट्मा आज सजायँ सुनाउँदै न्यायाधीश सुशीलकुमारले अमृत मगरलाई पाँच वर्षसम्म राडुकानुलाई पछ्याउन प्रतिबन्ध लगाएका छन् ।
यस्तै, उनलाई १८ महिनाको कम्यूनिटी अर्डर दिइएको छ भने २०० घण्टा विना ज्याला काम गर्न आदेश दिइएको छ । उनले विद्युतीय डिभाइस लगाउनु पर्नेछ जसले उनी कहिले कहॉ गए रेकर्ड राख्नेछ।
उनले दुईसाता बेलुका ९ बजेदेखि बिहान ६ बजेसम्म घरमै बस्नपर्ने कर्फ्यु आदेश पनि जारी भएको छ ।
राडुकानु बसेको सड़क, अभ्यास गरेको स्थल वा खेल खेलेको स्थानको एक माइलभित्र जान उनलाई निषेध गरिएको छ ।
यसैगरी उनलाई राडुकानु र राडुकानुका अभिभावकहरूलाई सम्पर्क गर्न बन्देज लगाइएको छ ।
उत्तर पश्चिमी लण्डनमा बस्ने अमृत मगर राडुकानुले युएस ओपन जितेपछि २३ माइल टाढा राडुकानुको घरमा पटकपटक पुगेका थिए । उनको ज्यादतिका कारण राडुकानु पुरानो बसोबास छोडेर नयाँ घरमा सर्नु परेको थियो ।
अमृतलाई गत महिना अदालतले दोषी साबित गरेको थियो।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’