ओस्लो । नर्वेली विदेशमन्त्री एनिकेन हुइटफेल्डले नर्वेले आतङ्कवादको लागि संयुक्त राष्ट्रसंघ प्रतिबन्धअन्तर्गत रहेको तालिबानलाई मान्यता दिने बारे कुनै सोच नरहेको स्पष्ट पारेका छन्।
विदेशमन्त्री हुइटफेल्डले म्युनिख सुरक्षा सम्मेलनमा भने, “हामी [तालिबान] लाई मान्यता दिन अनिच्छुक छौं र त्यसो गर्दैनौं ।”
अफगानिस्तानमा तालिबानको सत्ता आरोहण अगस्टको मध्यमा भएको थियो । त्यसयता अफगानिस्तानमा आर्थिक अव्यवस्था र गम्भीर मानवीय सङ्कट निम्त्यिएको छ।
सेप्टेम्बरको शुरुमा तालिबान नेतृत्वले पहिलो तालिबान सरकारका प्रमुख सदस्य मोहम्मद हसन अखुन्दको नेतृत्वमा अन्तरिम सरकार गठनको घोषणा गरेको थियो ।
अफगानिस्तानको इस्लामिक इमिरेट्सको पुनर्स्थापनाको घोषणा डिसेम्बरमा गरिएको थियो तर अझै पनि त्यसले अन्तरराष्ट्रिय मान्यता प्राप्त गर्न सकेको छैन।
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम