काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको मागअनुसार राप्रपा नेपाल स्थापना भएको बताएका छन् ।
काठमाडौंमा शनिवार आयोजित घोषणा सभाका क्रममा उनले देशमा राष्ट्रवादी पार्टीको आवश्यकता पूरा गर्न राप्रपा आएको जनाए ।
सो क्रममा उनले अब राप्रपा नेपाल प्रजातान्त्रिक शक्तिका रुपमा रहने पनि बताए । यस्तै उनले राष्ट्रवादी, सनातन धर्म र सँस्कृतिप्रति कटिवद्ध शक्तिका रुपमा समेत राप्रपाले आफूलाई स्थापित गर्ने बताए । सोही कार्यक्रममा उनले भने, ‘नेपाली जनताको ठूला चाहना छैनन् । उनीहरूको चाहना भनेको दुई छाक खाने, एक सरो लगाउन, बिरामी हुँदा सहजै उपचार र छोराछोरीलाई स्तरीय शिक्षा दिने हो ।’ यी आधारभूत आवश्यकतामा समेत अन्य पार्टीले चासो नदिएको उनको आरोप छ । अब राप्रपा नेपालले यिनै विषयलाई प्राथमिकतामा राख्ने उनले बताए । उनले यसअघि देशभरबाट जम्मा आठ प्रतिशत मत ल्याएकोमा अब ९४ प्रतिशतको दलका रुपमा राप्रपा जानुपर्ने पनि बताए ।
उनले कार्यक्रममा राप्रपा नेपालमा नयाँ पुराना सबै सहयात्री साथीहरूलाई स्वागत गरिने पनि बताए । उनले भने, ‘हामी राष्ट्रवादी शक्तिका रुपमा रहन्छौँ । हाम्रो भविष्य उज्वल छ । यो पार्टी युवाहरूको हुनेछ । सोही अनुसार पार्टीमा अधिकांश युवा छन् ।’ उनले हिजोसम्म सीमित घेरामा रहेको र अब ती सबै सीमा तोडेको पनि उनले बताए ।
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप