जुम्ला।नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जुम्लाकी एक महिलाले पूर्वमन्त्रीसमेत रहेका बानियाँले बाँकेस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको मुद्दा जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो ।
महिलाको जाहेरीको आधारमा बिहीबार बानियाँविरूद्ध जबरजस्ती करणी मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेले बताए।
‘पीडित महिलाको जाहेरीका आधारमा बानियाँविरूद्ध सोमबार नै पक्राउ पुर्जी जारी गरेका हौं,’ डिएसपी न्यौपानेले भने,‘आरोपित बानियाँलाई खोजी कार्य जारी छ ।’
उनीविरूद्ध पक्राउ पुर्जी जारी भए त्यसबारे सदनमा जानकारी दिनुपर्ने प्रावधान रहे बमोजिम सभामुख तथा सदनलाई समेत जानकारी दिइएको प्रवक्ता न्यौपानेले बताए।
‘हामी आरोपितलाई खोजी रहेका छौं,’ उनले भने, ‘प्रहरीले फेला पार्नासाथ नियन्त्रणमा लिन्छ ।’ती महिलाले दिएको उजुरीपछि जानकारी दिँदा पूर्वमन्त्रीसमेत रहेका बानियाँले आफू निर्दोष रहेको भन्दै आफै प्रहरीमा उपस्थित हुने प्रहरीलाई बताएको भए पनि पछिल्लो समय भने उनी सम्पर्कविहीन छन् ।
पीडितले भने आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर होटलमा बोलाएको र त्यही होटलमा बिहानीपख जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेकी छन् । त्यसबारे नेता बानियाँले त्यो सबै झुट भएको र पैसा पनि ती महिलाले पाइसकेको भन्दै अब केही कुरा पनि आफूहरूको बीचमा नरहेको भन्दै बचाउ गरेका थिए ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ