काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता टेवल भए पास हुन नदिने बताएको छ ।
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले संशोधन बिना एमसीसी पास हुन नदिने बताएका हुन् ।
‘एमसीसी पास हुँदैन र पास गराउँदैनौं । पास गर्ने वातावरण पनि बन्न दिदैनौं,’ एकीकृत समाजवादीका प्रवक्ता खतिवडाले भने, ‘हाम्रो पूर्ववत अडान यथावत छ । संशोधन विना एमसीसी पास हुनै सक्दैन ।’
प्रतिनिधिसभा बैठक बुधबार बस्दै छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले बुधबारको बैठकमा एमसीसी टेवल गर्ने तयारी गरिरहेको छ ।
कांग्रेसको मंगलबार विहान बसेको संसदीय दलको बैठकले पनि एमसीसी अनुमोदनको लागि प्रतिनिधिसभा बैठकमा टेवल गर्न सहमति दिएको छ ।
यसैसिलसिलामा सत्तारुढ गठबन्धनमा रहेको एकीकृत समाजवादीले भने एमसीसी पास हुने वातावरण बन्न नदिने बताएको हो ।
नेपाल सरकारका शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा, म्याग्दीबाट उम्मेदवारी
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
नेपाल सरकारका खेलकुदमन्त्री बब्लु गुप्ताद्वारा राजीनामा
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
गिनिज वर्ल्ड रेकर्ड धारक सुनारलाई अमेरिकामा खेल विज्ञानमा मानार्थ विद्यावारिधि
तमु लम परिवार यूकेको विशेष बैठक, यस्ता छन् निर्णयहरु
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थायी रोक