काठमाडौँ । नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासबाट विद्युतीय राहदानीको ‘लाइभ इनरोलमेन्ट’ सुरु गरिएको छ ।
विभिन्न पेशा व्यवसायको सिलसिलामा मलेसियामा रहेका नेपालीलाई राहदानीसम्बन्धी सेवा दिने उद्देश्यले लाइभ इनरोलमेन्ट सुरु गरिएको दूतावसले जनाएको छ ।
मलेसियामा दुई लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा रहेका सरकारको तथ्याङ्क छ । वैदेशिक रोजगारीमा रहेका श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरेर बुधबारदेखि कार्यक्रमको सुरुआत गरिएको दूतावासले जनाएको छ । राहदानी विभागबाट चौधरीको राहदानी प्रिन्ट गरेर सफलतासाथ परीक्षण गरिएको थियो ।
दूतावासले पहिलो दिनमै ३३ जना व्यक्तिको राहदानी नवीकरणका लागि लाइभ इनरोलमेन्ट गरेको थियो । एक साता सीमित सेवाग्राहीलाई अनलाइन ‘बुकिङ’का आधारमा सेवा प्रदान गर्ने र सोपश्चात नियमितरूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।
विद्युतीय राहदानी सुरुआत कार्यक्रममा नेपालबाट ‘भर्चुअल’ माध्यमबाट राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले सहभागिता जनाउनुभएको थियो । कार्यक्रममा मलेसियाका लागि नेपाली कार्यवाहक राजदूत मोतीबहादुर श्रीषले सेवाग्राहीको चापलाई सहजरूपमा व्यवस्थापन हुने गरी सेवा प्रवाह केन्द्रको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विभागका महानिर्देशक अर्यालले मलेसियाबाट अब विद्युतीय राहदानी मात्र जारी हुने र यन्त्रवाचक राहदानी जारी नहुने बताउनुभएको दूतावासले जनाएको छ । यसअघि कतारको दोहास्थित नेपाली दूतावासले पनि गत आइतबारदेखि राहदानी नवीकरणको लाइभ इनरोलमेन्टको सुरुआत गरेको थियो ।
मागपत्र प्रमाणीकरण सुरु
कोरोना सङ्क्रमण ओरालो लाग्दै गरेपछि दूतावासले मागपत्र प्रमाणीकरणसम्बन्धी सेवा सुरु गरेको छ । कोभिड–१९ महामारी नियन्त्रण गर्न भन्दै मलेसिया सरकारले सन् २०२० को मार्चदेखि लागू गरेको आवागमन नियन्त्रण आदेशपश्चात दूतावासले मागपत्र प्रमाणीकरण बन्द गरेको थियो ।
मागपत्रसम्बन्धी कागजपत्र प्रमाणीकरणको काम मङ्गलबार, बुधबार र बिहीबार हुने दूतवासले जनाएको छ । मागपत्रसम्बन्धी कागजात भने सोमबार नै दूतावासमा बुझाउनुपर्ने छ । मागपत्रसम्बन्धी कागजात पेश गर्नुअघि दूतावासले उपलब्ध गराएको अनलाइन फारम भरेर पेश गर्ने समय लिनुपर्नेछ ।
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा