लण्डन । रोयल ग्रीनीच नेपाली सोसाइटीका अध्यक्ष जीत रानाभाट बेलायतमा आगामी मे महिनामा हुन गइरहेको स्थानीय निर्वाचनमा काउन्सिलरको उम्मेदवार भएका छन् ।
उनी नेपालीहरुको बाक्लो बसोबास भएको दक्षिण पूर्वी लण्डनको प्लमस्टिड तथा ग्लीनडन वडाबाट लेबर पार्टीका तर्फबाट उम्मेदवार बनेका हुन् ।
यो वडा लण्डनको ग्रीनीच काउन्सिलमा पर्दछ ।
ग्रीनीच लेबर पार्टीको विहीबार भएको बैठकले रानाभाटलाई काउन्सिलरको उम्मेदवार तय गरेको हो ।
साउथ इस्ट लण्डनमा परिवारसहित बसोबास गरिरहेका रानाभाट सन् २००८ मा हाई स्किल भिजामा बेलायत आएका थिए ।
उनी एनआरएन युकेमा २०१७-१९ कार्यकालमा कार्यसमिति सदस्य र १९-२१ मा सचिव पदमा निर्वाचित भएका थिए । उनले सो अवधिमा संस्थाको व्यापार प्रबर्द्धन विभागको संयोजकको जिम्मेवारी उनले सम्हालेका थिए ।
कोरोना संक्रमणका बेला नेपाली समुदायलाई सहयोग गर्न एनआरएन यूकेले चलाएको हेल्पडेस्कमा संयोजकको भूमिका रानाभाटले लिएका थिए । आरजीएनएसको कोभिड सहायता र जनगणना अभियानमा पनि उनी संयोजक थिए । दुवै काममा उनले सकृय भूमिका निर्वाह गरेका थिए । कोभिड महामारीमा गरेको सहयोगको कदर गर्दै रानाभाटलाई बीबीसी रेडियो लन्डनले ‘मेक अ डीफरेन्स हिरो’को रुपमा कदर गरेको थियो ।
आफ्नै व्यवसाय गर्दै आएका रानाभाटले नेपालको पोखरा युनिभर्सिटीबाट एमफिलसम्मको अध्ययन गरेका छन् ।
सामाजिक कार्यमा कृयाशील रानाभाटसित नेप्लिज प्रोफेसनल्स युके , यती नेपाली एशोसिएसन, क्षेत्री समाज युके, पशुपतिनाथ मन्दिर लगायतका संस्थामा काम गरेको अनुभव छ ।
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप