लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन आक्रमणको विरुद्ध चेतावनी दिँदै यो “दु:खद गणना” हुने बताउनु भएको छ।
जोनसनले पुटिनसँगको फोनका क्रममा सो चेतावनी दिनुभएको हो। उहाँले रुसी राष्ट्रपतिलाई युक्रेनको सिमानामा रहेका १ लाख सैनिकलाई लिएर गहिरो र चिन्तित भएको एनएचके वर्ल्डले रिपोर्ट गरेको छ। बेलायती अधिकारीहरूले एक विज्ञप्ति जारी गर्दै वार्तापछि नेताहरू उत्तेजना कसैको हितमा छैन भन्ने कुरामा सहमत भएको उल्लेख छ ।
जोनसनले युक्रेनले चाहेको खण्डमा नेटोको “रक्षात्मक गठबन्धन” मा सामेल हुन आवेदन दिने पूर्ण अधिकार रहेको र रुससँगको गतिरोधमा भएको कुनै पनि वार्तामा कीयभलाई समावेश गर्नुपर्नेमा जोड दिनुभयो।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको वार्तापछि जोनसनले रुसी सेनाले युक्रेनमा “स्पष्ट र वर्तमान खतरा” को प्रतिनिधित्व गरेको बताएको अल जजीराले जनाएको छ।
यसैबीच रूसी अधिकारीहरूले उनीहरूको चिन्ताको लागि नेटोको प्रतिक्रिया अपर्याप्त भएको भन्दै टिप्पणी गरेका छन्।
युक्रेनलाई लिएर रुस र पश्चिम बीच तनाव बढिरहेको छ । पश्चिमले मस्कोलाई आफ्नो पश्चिमी समर्थक छिमेकीमाथि आसन्न आक्रमणको तयारी गरेको आरोप लगाएको छ।
रुसले युक्रेन आक्रमण गर्ने कुनै योजना नभएको बताउँदै आएको छ। रूसले भने युक्रेनलाई नेटोमा सामेल हुन नदिने र पूर्व-सोभियत ब्लकमा अमेरिकी नेतृत्वको सैन्य गठबन्धनको विस्तारको बिरूद्ध अन्य सुरक्षा ग्यारेन्टीहरूको शृङ्खलाको माग गरिरहेको छ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’