लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन आक्रमणको विरुद्ध चेतावनी दिँदै यो “दु:खद गणना” हुने बताउनु भएको छ।
जोनसनले पुटिनसँगको फोनका क्रममा सो चेतावनी दिनुभएको हो। उहाँले रुसी राष्ट्रपतिलाई युक्रेनको सिमानामा रहेका १ लाख सैनिकलाई लिएर गहिरो र चिन्तित भएको एनएचके वर्ल्डले रिपोर्ट गरेको छ। बेलायती अधिकारीहरूले एक विज्ञप्ति जारी गर्दै वार्तापछि नेताहरू उत्तेजना कसैको हितमा छैन भन्ने कुरामा सहमत भएको उल्लेख छ ।
जोनसनले युक्रेनले चाहेको खण्डमा नेटोको “रक्षात्मक गठबन्धन” मा सामेल हुन आवेदन दिने पूर्ण अधिकार रहेको र रुससँगको गतिरोधमा भएको कुनै पनि वार्तामा कीयभलाई समावेश गर्नुपर्नेमा जोड दिनुभयो।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको वार्तापछि जोनसनले रुसी सेनाले युक्रेनमा “स्पष्ट र वर्तमान खतरा” को प्रतिनिधित्व गरेको बताएको अल जजीराले जनाएको छ।
यसैबीच रूसी अधिकारीहरूले उनीहरूको चिन्ताको लागि नेटोको प्रतिक्रिया अपर्याप्त भएको भन्दै टिप्पणी गरेका छन्।
युक्रेनलाई लिएर रुस र पश्चिम बीच तनाव बढिरहेको छ । पश्चिमले मस्कोलाई आफ्नो पश्चिमी समर्थक छिमेकीमाथि आसन्न आक्रमणको तयारी गरेको आरोप लगाएको छ।
रुसले युक्रेन आक्रमण गर्ने कुनै योजना नभएको बताउँदै आएको छ। रूसले भने युक्रेनलाई नेटोमा सामेल हुन नदिने र पूर्व-सोभियत ब्लकमा अमेरिकी नेतृत्वको सैन्य गठबन्धनको विस्तारको बिरूद्ध अन्य सुरक्षा ग्यारेन्टीहरूको शृङ्खलाको माग गरिरहेको छ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]