काठमाडौँ । निजी क्षेत्रका छाता सङ्गठनले नेपाली वस्तुको निर्यात अभिवृद्धि, बेलायती लगानी बढाउने तथा विकासशील राष्ट्रमा नेपालको स्तरोन्नतिपछि बेलायती बजारमा नेपाली वस्तुको सुविधायुक्त प्रवेशको वातावरण सिर्जना गर्न बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यसँग आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले आज राजदूत आचार्यसँग छुट्टाछुट्टै छलफल गरी नेपालको पूर्वाधार क्षेत्रमा लगानीको ठूलो आवश्यकता रहेकाले त्यसतर्फ बेलायती लगानीकर्तालाई आकर्षित गर्ने ढङ्गबाट पहल गर्नु आग्रह गरेका हुन् ।
महासङ्घका अध्यक्ष शेखर गोल्छाले नेपालसँग निकै पुरानो सम्बन्ध भए पनि बेलायतबाट न्यून लगानी भएको उल्लेख गर्दै लगानीका सम्भावना पहिल्याउँदै नेपालमा लगानीका लागि त्यहाँका उद्योगीलाई प्रोत्साहित गरिनुपर्ने बताउनुभयो । पछिल्लो समय व्यापार पूर्वाधारमा भइरहेको प्रगति, विद्युतको सहज आपूर्ति र श्रम सम्बन्धमा भइरहेको सुधारले नेपालमा लगानीको अवसर बढेको भन्दै उहाँले यी विषय बेलायती लगानीकर्ताका माझ पुर्याउन सक्नुपर्ने बताउनुभयो ।
परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले विकासशील राष्ट्रमा नेपालको स्तरोन्नतिपछि नेपालले पाइरहेको व्यापार सुविधा कटौती हुनसक्ने भन्दै त्यसको निरन्तरताका लागि पहल गर्न राजदूत आचार्यसँग आग्रह गर्नुभयो । उहाँले बेलायती पर्यटकका लागि नेपाल उत्कृष्ट भ्रमण गन्तव्य हुनसक्ने भएकाले पर्यटन प्रवर्धनमा काम गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
“नेपाल र बेलायतबीच सिधा हवाई सम्पर्क स्थापित गर्न सक्दा त्यसले पर्यटन प्रवर्धन र नेपाली वस्तुको निर्यातमा योगदान दिन सक्छ”, उहाँले भन्नुभयो, “नेपाललाई शैक्षिक गन्तव्यको रूपमा पनि विकास गर्न सकिन्छ, हामीसँग त्यसको पर्याप्त सम्भावना छ ।”
छलफलमा नवनियुक्त राजदूत आचार्यले नेपालमा उत्पादन हुने वस्तुको बेलायती बजारमा प्रवर्धनका लागि आफूले काम गर्ने बताउनुभयो । उहाँले बेलायतमा नेपाली गलैँचा, हस्तकला, तयारी पोसाक, चिया, कफीजस्ता वस्तुको अधिक सम्भावना रहेको र नेपाली वस्तुमाथि बेलायती नागरिकको विश्वास पनि रहेकाले त्यस्ता वस्तुको निर्यात प्रवर्धनमा निजी क्षेत्रसँग मिलेर काम गर्ने उल्लेख गर्नुभयो ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]