बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच बिहीबार फोनवार्ता भएको छ । उहाँहरुका बीचमा खासगरी दुई देशबीचको सम्बन्ध, आपसी सहयोग र समझ्दारीका विषयमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयले बिहीबार विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीअनुसार उहाँहरुका बीचमा पछिल्लो समयमा युक्रेनमा भएको राजनीतिक विकासक्रमका विषयमा पनि कुराकानी भएको थियो । युक्रेनमा रुसले आक्रमण गर्ने योजना बनाएको भन्दै त्यहाँ रहेका आफ्ना दूताबासहरुबाट अमेरिका, बेलायतलगायतका केही देशले आफ्ना कर्मचारीहरु फिर्ता बोलाएका छन् ।
तर यहाँ आक्रमणको कुनै पनि योजना नरहेको रुसले दाबी गर्दै आएको छ । कतिपय विदेशी मिडियाहरुले युक्रेनको सीमा क्षेत्र नजिकै रुसले ठूलो संख्यामा रुसी सेना राखेको बताउँदै आएका छन् । यसका अतिरिक्त उहाँहरुबीच केही समय अघि भएको चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भिडियो कन्फ्रेन्समा भएको द्धिपक्षीय विषयहरुको कार्यान्वयनका विषयमा बढी कुराकानी भएको थियो ।
चिनियाँ विदेश मन्त्रालयले उक्त द्विपक्षीय वार्ताका क्रममा केही समय अघि भएको दुई देशका राष्ट्रपतिहरुबीचको समझ्दारीको कार्यान्वयनका विषयमा बढी केन्द्रित भएको जानकारी दिएको छ ।
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न