वासिङटन । फाइजर र बायोएनटेकले ५५ वर्ष उमेर समूहका वयस्कमा आफ्नो ओमिक्रोन–विशेष कोभिड–१९ खोपको सुरक्षा र रोग प्रतिरोधात्मक प्रतिक्रिया परीक्षण गर्न क्लिनिकल परीक्षण सुरु गरेको कम्पनीहरूले मङ्गलबार जानकारी दिएका छन् ।
फाइजरका कार्यकारी अधिकृत अल्बर्ट बोरलाले पत्रकार सम्मेलनमा भन्नुभयो, “खोप तथा औषधीहरूको विकास र अनुसन्धान गर्ने विशाल यो कम्पनीले मार्चसम्ममा पहिलो नतिजा निकाल्ने प्रयास गरिरहेको छ ।”
कम्पनीको खोप अनुसन्धान प्रमुख क्याथ्रिन जानसेनका अनुसार हालको तथ्याङ्कले कोभिडको यस पहिलेका भाइरसका लागि तयार पारिएको बुस्टर मात्राले पनि ओमिक्रोनबाट आउनसक्ने गम्भीर खतरालाई टाढा गर्ने अनुसन्धानले पुष्टि भइसकेको छ । यद्यपि यसबाट आउनसक्ने दीर्घकालिन असरबारे सावधानीसाथ अध्ययन भइरहेका छन् ।
उहाँले भन्नुभयो, “समय बित्दै जाँदा यो सुरक्षा घट्दै गएको अवस्थामा र भविष्यमा ओमिक्रोन र नयाँ विविधताहरू समाधान गर्न सम्भावित मद्दत गर्न हामी तयार हुनुपर्ने आवश्यकतालाई स्वीकार गर्छौ ।”
जर्मन कम्पनी बायोएनटेकका प्रमुख कार्यकारी अधिकृत उगुर साहिनले बताएअनुसार हल्का र मध्यम कोभिडविरुद्ध लड्न बनाइएको पुरानो खोपको सुरक्षाले ओमिक्रोनविरुद्ध अपेक्षित रूपमा काम नगरेको बताउनुभयो ।
“यो अध्ययन विज्ञानमा आधारित विभिन्न खोप विकास गर्ने हाम्रो तरिकाको एउटा भाग हो । यसले पहिलेको विविधताविरूद्ध हाम्रो खोपले लामो समयसम्म सुरक्षा दिन्छ र यो ओमिक्रोनका लागि पनि उपयोगी छ यद्यपि यसको प्रतिरोधात्मक क्षमता ओमिक्रोनको विरामीमा अन्य विरामीको तुलनामा कम प्रभावकारी पाइएको छ । यसबारे थप अनुसन्धान जारी छ ।
यस विषयमा १८–५५ वर्षका एक हजार ४२० व्यक्तिहरूमा तीन समूहमा विभाजन गरी परीक्षण तथा अनुसन्धान जारी छ ।
फाइजरका प्रवक्ताले एएफपीलाई बताएअनुसार यसमा ५५ वर्षभन्दा बढी उमेरका मानिसहरू समावेश गरिएका छैनन् किनभने अध्ययनको लक्ष्य खोप प्रभावकारिताको अनुमान गर्नुको सट्टा सहभागीहरूको रोग प्रतिरोधात्मक प्रतिक्रिया जाँच्नु रहेको छ ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]