लण्डन । कोरोना भाइरसको लकडाउनका बेलामा बेलायती प्रधानमन्त्रीको कार्यालय (टेन डाउनिङ स्ट्रीट) मा उत्सवहरु आयोजना गरिएको बारेमा लण्डनको महानगरीय प्रहरीले अनुसन्धान गर्ने भएको छ ।
महानगरीय प्रहरी प्रमुख डेम क्रेसिडा डिकले मंगलबार एक पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री कार्यालयमा गरिएका उत्सव, समारोहका बारेमा प्रहरीले अनुसन्धान अगाडी बढाउने जानकारी दिएकी हुन् ।
प्रहरीले प्रधानमन्त्रीको कार्यालयमा दुई वर्षको अवधिमा गरिएका उत्सवहरुमा कोभिडसम्बन्धी नियम उल्लंघन गरिएको बारेमा अनुसन्धान गर्ने भएको हो ।
यसअघि आपराधिक अनुसन्धानको थ्रेसहोल्ड नपुगेको भन्दै प्रधानमन्त्रीको कार्यालयमा आयोजित उत्सवहरुका बारेमा अनुसन्धानमा संलग्न नहुने लण्डन प्रहरीले बताउँदै आएको थियो । लण्डन प्रहरीको सो धारणाको बेलायतमा आलोचना भएको थियो । तर मंगलबार प्रहरी प्रमुख डिकले सर्वसाधारण र प्रधानमन्त्री कार्यालय परिसरमा खटिएका प्रहरीहरुले दिएको सूचनाका आधारमा आपराधिक अनुसन्धान गर्न पर्याप्त आधार दिएको बताएकी छिन् ।
उनले प्रहरीले निस्पक्ष रुपमा र कुनै पनि शक्तिको प्रभावमा नपरी अनुसन्धान गर्ने बताएकी छिन् ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको कार्यालयमा लकडाउनका बेला श्रृंखलावद्धरुपमा उत्सवहरु आयोजना गरिएको मिडियामा आइरहेको छ । ती उत्सवहरुमा सरकारले तय गरेको नियम उल्लंघन नभएको प्रधानमन्त्रीको जिकिर छ । यसबारेमा मन्त्रिपरिषद्कै सचिव सु ग्रेलाई अनुसन्धान गर्न जिम्मा दिइएको छ र उनले यसैसाता प्रतिवेदन बुझाउने बताइएको छ ।
मंगलबारको लण्डन प्रहरीको निर्णयसँगै प्रधानमन्त्री जोन्सनले आफ्नो कार्यालयमा आयोजित उत्सवहरुबाट मुक्ति पाउन अझै केही महिना कुर्नपर्ने देखिन्छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते