लण्डन । कोरोना भाइरसको लकडाउनका बेलामा बेलायती प्रधानमन्त्रीको कार्यालय (टेन डाउनिङ स्ट्रीट) मा उत्सवहरु आयोजना गरिएको बारेमा लण्डनको महानगरीय प्रहरीले अनुसन्धान गर्ने भएको छ ।
महानगरीय प्रहरी प्रमुख डेम क्रेसिडा डिकले मंगलबार एक पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री कार्यालयमा गरिएका उत्सव, समारोहका बारेमा प्रहरीले अनुसन्धान अगाडी बढाउने जानकारी दिएकी हुन् ।
प्रहरीले प्रधानमन्त्रीको कार्यालयमा दुई वर्षको अवधिमा गरिएका उत्सवहरुमा कोभिडसम्बन्धी नियम उल्लंघन गरिएको बारेमा अनुसन्धान गर्ने भएको हो ।
यसअघि आपराधिक अनुसन्धानको थ्रेसहोल्ड नपुगेको भन्दै प्रधानमन्त्रीको कार्यालयमा आयोजित उत्सवहरुका बारेमा अनुसन्धानमा संलग्न नहुने लण्डन प्रहरीले बताउँदै आएको थियो । लण्डन प्रहरीको सो धारणाको बेलायतमा आलोचना भएको थियो । तर मंगलबार प्रहरी प्रमुख डिकले सर्वसाधारण र प्रधानमन्त्री कार्यालय परिसरमा खटिएका प्रहरीहरुले दिएको सूचनाका आधारमा आपराधिक अनुसन्धान गर्न पर्याप्त आधार दिएको बताएकी छिन् ।
उनले प्रहरीले निस्पक्ष रुपमा र कुनै पनि शक्तिको प्रभावमा नपरी अनुसन्धान गर्ने बताएकी छिन् ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको कार्यालयमा लकडाउनका बेला श्रृंखलावद्धरुपमा उत्सवहरु आयोजना गरिएको मिडियामा आइरहेको छ । ती उत्सवहरुमा सरकारले तय गरेको नियम उल्लंघन नभएको प्रधानमन्त्रीको जिकिर छ । यसबारेमा मन्त्रिपरिषद्कै सचिव सु ग्रेलाई अनुसन्धान गर्न जिम्मा दिइएको छ र उनले यसैसाता प्रतिवेदन बुझाउने बताइएको छ ।
मंगलबारको लण्डन प्रहरीको निर्णयसँगै प्रधानमन्त्री जोन्सनले आफ्नो कार्यालयमा आयोजित उत्सवहरुबाट मुक्ति पाउन अझै केही महिना कुर्नपर्ने देखिन्छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’