लण्डन । ह्याम्पसायर अकाउण्टेण्टसले प्रथम भिक्टोरिया क्रस (भिसी) विजेता गोरखा सैनिक कुलवीर थापाका बारेमा बनेको चलचित्र ‘गोरखा:विनिथ द व्रेभरी’ को लेखासम्बन्धी सम्पूर्ण कार्य निशुल्क गर्ने भएको छ ।
ह्याम्पसायर अकाउण्टेण्टसका निर्देशक राजा थापाले प्रथम भिक्टोरिया क्रस विजेता गोरखा सैनिकको जीवन गाथामा आधारित ऐतिहासिक चलचित्रको एउटा अंग हुन पाउँदा खुशी लागेको बताए ।
आफू समाजसेवी स्वभावको भएको उल्लेख गर्दै उनले आफूले जहिले पनि सकेको सहयोग गर्न तयार भएको बताए । गोरखा सैनिकका बारेमा बनेको यस चलचित्रको पृष्ठभूमिले आफूलाई यस परियोजनामा सहभागी हुन उत्प्रेरित गरेकाे उनको भनाइ छ । यस चलचित्रले गोरखाहरुको कथालाई ठूलो समुदायसम्म पुर्याउने विश्वास उनले व्यक्त गरेका छन् ।
उनले अन्यलाई पनि यदि अकाउण्टिङ सेवाका बारेमा कुनै जानकारी लिन वा त्यस्तो सेवा चाहिएको भए सम्पर्क गर्न अनुरोध गरेका छन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’