लण्डन । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीका एक सांसद प्रधानमन्त्री तथा साे पार्टीका नेता बोरिस जोन्सनसित असहमति जनाउँदै प्रतिपक्षी लेबर पार्टीमा प्रवेश गरेका छन् ।
बेरी साउथ निर्वाचन क्षेत्रका सांसद क्रिस्चियन वेकफोर्डले प्रधानमन्त्री जोन्सन र उनको नेतृत्वको कन्जरभेटिभ पार्टी बेलायतलाई नेतृत्व दिन र सरकार संचालन गर्न असक्षम भएको कारण देखाउँदै लेबर पार्टीमा प्रवेश गरेका हुन् ।
उनलाई विपक्षी दलका नेता सर किअर स्ट्यामरले स्वागत गरेका थिए ।
प्रधानमन्त्री जोन्सनले भने बेरी साउथ निर्वाचन क्षेत्रमा आफ्नो नेतृत्वमा कन्जरभेटिभ पार्टीले वर्षौंदेखिको लेबर पार्टीको कब्जाबाट जित हात पारेको उल्लेख गर्दै आगामी चुनावमा फेरि जित्ने दाबी गरे ।
३७ वर्षीय पूर्व बीमा एजेन्ट तथा काउन्सिलर वेकफोर्डले सन् २०१९ मा सो निर्वाचन क्षेत्रमा लेबर पार्टीका उम्मेदवारलाई झीनो मतले पराजित गरेका थिए ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन