लण्डन । इङ्ल्याण्डमा अर्को विहीबारदेखि कोभिडसम्बन्धी नियन्त्रणकारी प्रावधानहरु खुकुलो बनाइने भएको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आज बेलायती संसदमा बोल्दै सो घोषणा गरेका हुन् ।
जोन्सनका अनुसार विहीबारदेखि इङल्याण्डमा कोभिड पास अनिवार्य रहने छैन । तर यदि व्यापारिक प्रतिष्ठानहरुले चाहेमा उनीहरुमा निर्णय लिने अधिकार दिइएको छ । यसअघि नाइट क्लवलगायत ठूला इभेन्टहरुमा कोभिड पास भएपछि मात्र प्रवेश दिइन्थ्यो ।
यसैगरी, सार्वजनिक यातायातमा मास्क लगाउनै पर्ने नियम पनि खारेज गरिएको छ । इङल्याण्डका माध्यमिक तहका कक्षाहरुमा विद्यार्थीहरुले मास्क लगाउनै पर्ने नियम पनि हटाइएको छ । यसअघि सार्वजनिक यातायातमा मास्क नलगाएमा जरिवाना गर्ने गरिएकोमा त्यो अब कायम रहने छैन । तर अपरिचितसितको भेटमा, धेरै भीडभाड भएको ठाउँमा, साँघुरो ठाउँमा भने मास्क लगाउन सल्लाह दिइएको छ ।
यस्तै, घरबाटै काम गर्न दिइएको सल्लाह पनि अब अन्त्य गरिएको छ । केयर होमहरुमा यसअघि लगाइएको नियन्त्रण पनि हटाइएको छ र यसबारेमा थप जानकारी दिइने बताइएको छ ।
यद्यपि कोरोना भाइरस टेष्ट गर्दा पोजिटिभ देखिएमा सेल्फ आइसोलेसन गर्नुपर्ने नियम भने कायमै राखिएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार