लण्डन । गत अक्टोबरमा हुनुपर्ने गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन फेब्रुअरी २८ मा हुने भएको छ ।
संघको आज बसेको बैठकले सो निर्णय गरेको प्रवक्ता डीबी क्षेत्रीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।
अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले संघको आगामी नेतृत्व चयनका लागि निष्पक्ष र पारदर्शी रुपमा निर्वाचन कार्यक्रम अघि बढाउन र महाधिवशेन प्रतिनिधिमा देखिएका असन्तुष्टीहरुलाई सम्बोधन गर्न संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ ।
समितिमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षकहरु देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, राम प्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त रहनुभएको छ ।
उच्चस्तरीय समितिले संघको विधानअनुरुप २६ जनवरी २०२२ सम्ममा महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली तयार गरी संघका अध्यक्षमार्फत निर्वाचन समितिसमक्ष पेश गर्नेछ ।
बैठकले दशौँ महाधिवेशनमा पेश हुने महासचिव डा हेमराज शर्माको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठको आर्थिक प्रतिवेदनलाई पारित गरेको छ ।
बैठकले सहमति र सहकार्यमा निर्वाचन कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक वातावरण तयार गर्न सहयोग गर्नु हुने संस्थापक अध्यक्ष, प्रमुख संरक्षक, संरक्षकहरु, सल्लाहकारहरु, पदाधिकारीहरु लगायत सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गरेको छ । साथै, संघको स्थायित्व नै विश्वभर छरिएर बसेका समस्त गैरआवासीय नेपालीहरुको गौरवको विषय भएको मनन गर्दै हालसम्मका समग्र आपसी मतभेद बिर्सेर निर्वाचनमा आ–आफ्नो स्थानबाट सहयोग, समर्थन र सहभागी भइदिन राष्ट्रिय समन्वय परिषद, उम्मेदवार, मतदाता तथा शुभचिन्तकहरुलाई अनुरोध गरेको छ ।
महाधिवेशनमा मतदान गर्न तथा उम्मेदवार बन्नको लागि अति आवश्यक र अनिवार्य फेस भेरिफिकेसन (सेल्फी रजिष्ट्रेशन) गरिदिनुहुन सबै महाधिवशेन प्रतिनिधिहरुलाई अनुरोध गरिएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार