पोखरा । युकेबाट संचालित गोर्खा मिडिया डटकमले आफ्नो वार्षिकोत्सवको अवसरमा सँस्कृतिकर्मी गमबहादुर गुरुङ (गजेन्द्र), लोकगायिका नन्दा पुन, प्राविधिक क्षेत्रका वेज डिजाइजर ओम लामालाई सम्मान गरेको छ।
गत भदौ २९ गते एक वर्ष पूरा गरी दोश्रो वर्षमा प्रवेशको अवसरमा जुम भर्चुअलमार्फत प्रथम वार्षिकोत्सव मनाएको गोर्खा मिडिया डटकमले शुक्रवार पोखरा -९ नयाँबजारस्थित तमुधिं नेपालमा आयोजित कार्यक्रममा कला संस्कृति क्षेत्रका गुरुङ, लोक गायनतर्फबाट पुन र प्राविधिक क्षेत्रबाट लामालाई कार्यक्रमका प्रमुख अतिथि गोर्खा मिडियाका सल्लाहकार एव तमु प्ये ल्हु संघका सल्लाहकार प्रमुख मेजर खुशीमान गुरुङ, मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले नगदसहित सम्मानपत्र, दोसल्लाबाट सम्मान गरिएको हो। यसरी नै कार्यक्रममा मिडियाका सल्लाहकारहरु मे. खुशीमान गुरुङ, सल्लाहकार एवम् सम्पादक हुमबहादुर गुरुङ, सल्लाहकार दिपेन्द्र श्रेष्ठ र सल्लाहकार सुदर्शन रञ्जितलाई समेत सम्मान गरिएको थियो।
सत्य तथ्य, ताजा समाचार सम्प्रेषणसहित सामाजिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यसहित सञ्चालित मिडियाको वार्षिकोत्सवमा घोषित विविध क्षेत्रका स्रष्टाहरुलाई सम्मान गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि मे खुशीमान गुरुङले लामो समयदेखि फोटोग्राफरसहित मिडियाकर्मीको रुपमा सक्रिय मिलन तमुले युकेबाट संचालन गरेको गोर्खा मिडिया डटकमले पहिलो वर्षमै राम्रो सफलता हासिल गर्दै सामाजिक सेवामा समर्पित हुँदै उदाहरण प्रस्तुत गरेको बताउनुभयो। गोर्खा मिडियाले आफ्नो मिडिया क्षेत्रको भूमिकासँगै सामाजिक एवम मानवीय सेवामा योगदान दिँदै अघि बढ्नु समाजका लागि मिडिया भन्ने अत्यन्तै सराहनीय सन्देश दिन सफल रहेको उहाँले बताउनुभयो। मिडियाको नाम गोर्खा मिडिया राखिए पनि गोर्खा मिडिया डटकम सबैको भावना सम्बोधन गर्ने संचारमाध्यम बनेको भन्दै उहाँले प्रसंशा गर्नुभयो।
कार्यक्रममा सम्मानित गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य गमबहादुर गुरुङ (गजेन्द्र)ले लामो समय कला एवम् साँस्कृतिक क्षेत्रमा लागे पनि गोर्खा मिडियाको सम्मानले आफूहरु अत्यन्तै खुशी भएको बताउनुभयो। उहाँले कला, सँस्कृतिको समर्पण रहँदा धेरैपटक अपमानित हुनुपरेको तिक्तताहरु रहे पनि गोर्खा मिडियाको मूल्यांकन अविष्मरणीय रहने बताउनुभयो।
कार्यक्रममा मिडियाका सल्लाहकार, एभरेष्ट मिडियाका प्रमुख कार्यकारी दिपेन्द्र श्रेष्ठले वरिष्ठ फोटो पत्रकार मिलन तमुको लगाव र परिश्रमले स्थापित गोर्खा मिडियाको सफलताको शुभकामना व्यक्त गर्नुभयो। उहाँले गोर्खा मिडिया छोटो समयावधिमै उत्कृष्ठ मिडियाको रुपमा अघि बढिसकेको भन्दै प्रसंशा गर्नुभयो।
गोर्खा मिडिया डटकमका प्रबन्ध निर्देशक मिलन तमुको अध्यक्षतामा भएको कार्यक्रममा मिडियाका सम्पादक तथा तमुधिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने गण्डकी प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य जसु गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार