लन्डन । धादिङ नुवाकोट समाज युकेले लन्डनस्थित समाजसेवी तथा व्यवसायी कृष्ण तिमल्सेनालाई सम्मान गरेको छ ।
समाजले बेलायतको नेपाली समुदायमा तिमल्सेनाले गरेको सेवाका लागि एक कार्यक्रम गरी सम्मान गरेको हो । सम्मान अर्पण गर्दै समाजका अध्यक्ष धन तामाङले तिमल्सेनाले आफ्नो जिल्लावासीलाई मात्र नभएर समस्त बेलायत र नेपालकै हितका लागि अहोरात्र च्यारिटी कार्य गरेको बताउँदै तिमल्सेनालाई सल्लाहकारका रुपमा पाउनु समाजका लागि ठूलो सम्पत्ति भएको बताए ।
तिमल्सेनाले सम्मान गरेकामा समाजप्रति आभार व्यक्त गर्दै यसले आफ्नो निस्वार्थ समाजसेवामा थप प्रेरणा मिल्ने बताए । झण्डै दुई दशकदेखि लन्डनमा बसोबास गर्दै आएका तिमल्सेना एनआरएनए युरोप उपसंयोजक हुन् । उनी बेलायत र नेपालमा कयौं व्यवसाय र संघसंस्थामा आवद्ध छन् ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन