तनहुँ । बेलचौतारा तनहुँस्थित सोलार फार्म प्राईवेट लिमिटेडका पहिलो वार्षिक साधारण सभा फार्मका संस्थापक अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा शनिबार सम्पन्न भएको छ ।
सो साधारणसभामा फार्मका कर्मचारीहरु, पदाधिकारीहरु, डाईरेक्टरहरु र लगभग ४५ जना सेयर सदस्यहरुको उपस्थिति रहेको थियो । साधारण सभा बेलचौतारास्थित तमु समाजको हलमा भएको थियो ।
सोलार फार्मका सचिव राजन पाठकले सन्चालन गरेको वार्षिक साधारण सभामा सहभागी सबैको परिचयसहित साधारण सभाका बुँदाहरुमाथि छलफल गरिएको थियो ।
सन्चालक समितिका अध्यक्ष मोहन गुरुङको प्रतिवेदनपश्चात आर्थिक प्रत्तिवेदन, कम्पनीको अधिकृत पूँजी र चुक्ता पूँजीको अनुमोदन, लेखा परिक्षकको नियुक्ति र परिश्रमिक तोक्ने बारे, कम्पनीलाई खुला शेयर आव्हान (आईपीओ) अनुरुप प्राईवेट लिमिटेड कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण आदि बारेमा सौहार्दपूर्ण वातावरणमा छलफल गरी सबै बुँदाहरु अनुमोदन गरिएको थियो ।
अध्यक्ष मोहन गुरुङले अहिले पाँच मेगावाट बराबरको उर्जा उत्पादन गरेर नेपालकै पहिलो सोलार विधुत उत्पादन गर्ने फार्म बनेको कुरा बताएका छन भने अर्को वर्षको बजेट रिपोर्टमा सेयर सदस्यहरुलाई नाफा बाँड्ने जानकारी दिएका छन् ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन